७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोक प्रस्ताव पारितसँगै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ६ गते



फाईल फोटो
अ+ अ-

प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो ।

स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्र्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । पुर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराउनुभएको थियो ।

अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाईएको छ ।