१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

नेपालको गुट भेलामा गए र गराए कारबाही हुन्छः ओली

नेपालको गुट भेलामा गए र गराए कारबाही हुन्छः ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफुखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिनुभएको हो । उहाँले पार्टी भन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिनुभयो । पार्टी विधिविधान अनुसार चल्ने भन्दै उहाँले मनपरि गर्ने छुट कसैलाई नभएको बताउनुभयो । कानुनका नजरमा सबै समान हुने भन्दै उहाँले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “भोली भेला आव्हान गरेको छ रे । नेकपा एमालेसंग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पुर्ण नहुन नेता कार्यकर्ताहरुलाई सजग सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र त्यस्ता गुटगत भेलाहरुमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुदैन । ”

प्रधानमन्त्री ओलीले सडकमा विधि विधानका कुरा गरेर नेता नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गर्नुभयो । लक्ष्मीप्रसाद देवकोटाको कविता जंगलको राजको प्रंसग उल्लेख गर्दे उहाँले अब पार्टी भित्र अराजकता चल्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो “ जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मुल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अंहकार स्वेच्छाचारिता । अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला, छुटै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाईएको छ । उहाँहरु भोली राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता , अनुसासनहिनता, उछृंखलता जस्ता कुराहरु , विधि विधान विपरितका कामकारवाहीहरु, पार्टीको एकताविरोधी कृयाकलापहरुमा छुट हुनेछैन । ती कुराहरु मान्य हुन सक्तैन । त्यस्ता कुराहरुलाई हामी सहेर बसिरहन सक्तैनौ । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने । भाँडभैलो मच्चाउने । जहिले पनि भाँडभैलो  मच्चाउने कुरा चाँही हुन सक्तैन ।”
उहाँले पार्टीभित्र विचारमा एकतावद्ध भएर अनुसासित ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । सत्य र अनुशासित समाज निर्मााका लागि एकतावद्ध, अनुशासित र गतिशिल पार्टी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आफुहरुले पराकिलो सोच राखेको भन्दै उहाँले आत्मआलोचना सहित पार्टी एकताको पक्षमा उभिन नेता नेपाल समुहलाई आग्रह गर्नुभयो । उहाँले विगता जस्तै तमासा गर्ने कुरा अब पार्टी भित्र नचल्ने भन्दै चेतावनी दिनुभयो ।

उहाँले भन्नुयो “ठूला ठूला अपराध भएका छन् तर पनि हामीले फराकिलो बुझाई लिएका छौ । लिन्छौ फेरि पनि । एकदम अपराध गर्नेहरुलाई पनि स्वागत छ त म भन्दिनँ तर स्वीकारर्छौ हामी । पार्टीमा आउन पाईन्छ । काम गर्न पाईन्छ । आत्मआलोचना गरेर सच्चिएर काम गर्नुपर्छ । हामी स्वीकारर्छौ । तर फेरि उही सिलसिला चाँही चल्दैन । हिजोकै झै तमाासा गर्ने,जगहसाई गर्ने । अनि संचारमाध्यमहरुलाई खेति दिने । बिजनेस दिने । त्यो खालको कुराहरु हुन सक्तैन । ”

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षले आव्हान गरेको चियापानमा सरिक नभएर नेता नेपाल पक्षका नेता कार्यकर्ताले राम्रो नगरेको भन्दै उहाँले भन्नुभयो –एकथरि अनुहारहरु देखिएन आज । यो राम्रो लक्षण होइन । उहाँले नेता नेपाल समुहले भोलि बुधबारका लागि आव्हान गरेको भेलालाई आफुले हेरिरहेको भन्दै धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “एकथरि अनुहारका साथीहरु चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरु देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवस आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरुले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु र कति तमासा गर्नुहुन्छ ।  एक नजर चाँही त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसंग नलड्ने निहुँ खोजुवाहरुसंग नझुक्ने । हाम्रो नीति त्यही हो ।”

प्रधानमन्त्री ओलीले मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक पनि सञ्चालन गर्न नदिएबाट आफुले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टी हुदै गएको बताउनुभयो ।
मुद्दा लडेर फिर्ता ल्याएको संसद आफैले चल्न नदिने ,आफै बहिष्कार गर्ने, व्यवधान खडा गर्ने र आफै वेलमा गएर नारा लगाउने स्थिति देखिएको भन्दै ती कार्यले सरकारलाई पनि संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पुरा गर्न नदिएको टिप्पणी प्रधानन्त्रीले गर्नुभयो ।

उहाँले भन्नुभयो “अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नपर्छ । संविधान अनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिईएन । अथवा संविधान कार्यान्वयन गर्न दिईएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुख जीले मन्त्री जी एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर , फेरि एकछिन पछि अर्को दिनलाई सर्यो भनेर संविधानले संविधानले पहिलो दिन नै पेश गर्नुपर्ने संबैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवहान खडा गरेर बञ्चित गरियो ।”

प्रधानन्त्री ओलीले सभामुख अग्नि सापकोटाले पनि संविधान कार्यान्वयनप्रतिको जिम्मेवार पुरा नगरेको दाबी गर्नुभयो । आफुले सधै संसदलाई नेताहरुको स्वार्थ तथा दलिय र गुटगत खिचातानीको थलो नभई जनताको हितका लागि प्रयोग गरौ भन्दै आएको भएपनि संसदलाई सो ढंगले चलाउन नदिएएको दाबी प्रधानमन्त्री ओलीले  गर्नुभयो ।
उहाँले भन्नुभयो “संविधानको कार्यान्वनय प्रति सभामुखको जुन प्रतिवद्धता हुन पथ्र्यो । संविधान कार्यान्वयन प्रति उहाँको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङ्गबाट संविधानको कार्यान्वन हुन नदिनु,अझ एसिड आक्रमणका विरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानुन ल्याउनुपर्ने पीडीतहरुको माग , सम्पुर्ण महिला समुदायको माग अनुसार कडा कानुन ल्याउनुपर्ने माग  र संसदबाट कानुन ल्याएर प्रक्रियाबाट जाँदा खेरी ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याईएको थियो । त्यो पेश गर्न  दिईएन भनेपछि संसदलाई कति कामकाजी कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसदलाई निष्प्रभावी बनाउने चेष्टा भईरहेको छ । ”

उहाँले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “एकढंगले पार्टी फुटाईएको थियो । अध्यक्ष निस्कासन गरिएको थियो । महासचिव निस्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाईएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरु पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुराईदिनुहुन्छ । बाटैमा पद्धति पुराईदिनुहुन्छ । बाटैमा विधान पुराईदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाईदिनुभयो । बाटैबाटैबाट दलको नेता हटाईदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाईदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरु ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”