११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षले पार्टी फुटाएकै हुन् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “एकढंगले पार्टी फुटाईएको थियो । अध्यक्ष निस्कासन गरिएको थियो । महासचिव निस्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाईएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरु पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुराईदिनुहुन्छ । बाटैमा पद्धति पुराईदिनुहुन्छ । बाटैमा विधान पुराईदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाईदिनुभयो । बाटैबाटैबाट दलको नेता हटाईदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाईदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरु ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”