२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै

कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता पौडेल

कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता पौडेल
file
अ अ+ अ-

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको छ भन्नुभयो । 

“संसद्मा हाम्रो सङ्ख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेसमात्र रहेको दाबीसमेत गर्नुभयो ।

नेता पौडेलले तीन दशकदेखि पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई नगद २५ हजारसहित सम्मान गर्नुभएको थियो । लौडारी रेडियो तरङ्ग र हिमदूत दैनिकमा आबद्ध हुनुहुन्छ । सम्मानित व्यक्तित्व लौडारीले सशस्त्र द्धन्दका धेरै समाचार लेखेको अनुभव सुनाउँदै शान्ति पुरस्कारले थप जिम्मेवार बनाएको बताउनुभयो ।

पूर्णप्रसाद÷माया बराल प्रतिष्ठानका अध्यक्ष भोला बरालले धर्म, संस्कार, संस्कृति र शान्तिको क्षेत्रमा कलम चलाउनेलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको बताउनुभयो । कार्यक्रममा कांग्रेसका नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष नवीन सिग्देललगायतले समसामयिक राजनीति र पत्रकारिताको भूमिकाको विषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।