• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

माघे संक्रान्ति: टोखाका चाकु उद्यमीलाई माग धान्न भ्याइ नभ्याई -फोटो फिचर



काठमाडौँ । माघे संक्रान्तिका लागि टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याइभ्याइ छ ।

माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ । माघे संक्रान्तिमा खपत हुने चाकुको माग धान्नको लागि चाकु बनाउन भ्याइनभ्याइ भएको टोखाका चाकु उद्यमीहरुले बताएका छन् ।

काठमाडौंको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरुले बताए । सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । त्यही परिकार बनाउन अहिले टोखाका चाकु उद्यमीहरुलाई चटारो रहेको छ । उनीहरुले अन्य समयमा पनि चाकु बनाउने गरेको तर माघे संक्रान्तीमा बढी माग हुने गरेको बताए ।

चाकु उद्यमीहरुले व्यापारीक प्रयोगको लागि भन्दा पनि पछिल्लो समय अमेरिका, युरोप,अष्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको बताए । व्यवसायीहरुले विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाएको बताए । टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठले टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा जाने गरेको बताउनु भयो ।

उहाँले माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले सिमित उद्यमीहरु भएकाले भ्याइनभ्याई रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले चाकु परम्परागत रुपमा नै बनाउने भएपनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको बताउनु भयो । उहाँले चाकुको गुणस्तर मापदण्ड सबै पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न समस्या भइरहेको बताउनु भयो । उहाँले सिमित चाकु उद्यमीहरु भएकाले आम्दानी भन्दा पनि माघे संक्रान्तिमा जनतालाई सहज मूल्यमा पाउने गरी व्यापार गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चाकु परम्परागत रुपमा नै बनाउने हो । तर केही वर्षदेखि आधुनिक मेसिनको प्रयोग गरेर पनि बनाउन थालिएको छ । ७५ प्रतिशत चाकु परम्परागत बाँकी आधुनिक मेसिनबाट बनाउने गरिन्छ । चाहेको जस्तो कच्चा पदार्थ हामीले पाएका छैनौं । चाकु बनाउदा गुणस्तर चाकु प्रयोग गर्ने कोशिस गरिहेका छौं । विश्व बजारसम्म लैजाने हिसावले गुणस्तर कायम गर्न खाजेका छौं । टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा निर्यात हुने गरेको छ । चिनारीको लागि लगिएको छ । तर गुणस्तरको कारण बजारमा बेचबिखनको लागि निर्यात गर्न सकिएको छैन । पैसाको लागि भन्दा पनि जनताको सुविधाको लागि काम गरिहेका छौं ।’

टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठले माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई रहेको बताउनु भयो । उहाँले माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भएपनि माग बढी हुँदा चाकु बनाउन चटारो रहेको बताउनु भयो । उहाँले विगतका वर्षहरु भन्दा यो वर्ष चाकुको व्यापार राम्रो रहेको बताउनु भयो । उहाँले अन्य समयमा मागअनुसार चाकु बनाइने बताउनु भयो । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई छ । माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भयो । १४ वटा कम्पनी रहेका छन् । सबैले उत्पादन गरिरहेका छन् । यो वर्ष चाकुको व्यापार राम्रो छ । अन्य समयमा अर्डरअनुसार चाकु बनाइन्छ । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको छ । अन्य समयमा बनाएको चाकु बिक्री नहुने गरेको भएपनि अहिले १० दिन अगाडिदेखि भ्याइनभ्याई छ ।’

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताउनु भयो । उहाँले चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई रहेको बताउनु भयो । उहाँले टोखाका चाकु उद्यमीहरुले बनाएको चाकु बिक्री नभएको भन्ने अहिलेसम्म नभएको बताउनु भयो । उहाँले चाकु अमेरिका र अस्टे«ेलिया समेत जाने गरेको बताउनु भयो । उहाँले काठमाडौं,भक्तपुर र ललितपुरमा नै धेरै चाकु खपत हुने बताउनु भयो । उहाँले चाकु महिलाहरु सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने र न्यानो हुने भएकाले बढी बिक्री हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चाकुको काम गरेको चार पुस्ता भयो । चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई छ । बनाएको चाकु बिक्री नभएको भन्ने छैन । चाकु अमेरिका र अस्टे«ेलिया समेत निर्यात गर्ने गरेका छौं । काठमाडौं भक्तपुर ललितपुरमा धेरै र बाँकी विदेशमा पनि चाकु हामीले निर्यात गर्छौं । नेपालमा गर्मी र विदेशमा जाँडो भएको बेलामा मात्रै बढी बाहिर जान्छ । चाकु महिलाहरु सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने भएको र न्यानो पनि भएकाले बढी बिक्री हुन्छ । अन्य ठाउँको भन्दा टोखाको चाकु राम्रो हुन्छ । मंसिरदेखि बनाएको अहिलेसम्म भ्याइनभ्याई छ ।’

माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । चाकु खासगरी जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ ।—न्युज एजेन्सी नेपाल