४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

माघे संक्रान्ति: टोखाका चाकु उद्यमीलाई माग धान्न भ्याइ नभ्याई -फोटो फिचर

माघे संक्रान्ति: टोखाका चाकु उद्यमीलाई माग धान्न भ्याइ नभ्याई -फोटो फिचर
अ+ अ-

काठमाडौँ । माघे संक्रान्तिका लागि टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याइभ्याइ छ ।

माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ । माघे संक्रान्तिमा खपत हुने चाकुको माग धान्नको लागि चाकु बनाउन भ्याइनभ्याइ भएको टोखाका चाकु उद्यमीहरुले बताएका छन् ।

काठमाडौंको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरुले बताए । सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । त्यही परिकार बनाउन अहिले टोखाका चाकु उद्यमीहरुलाई चटारो रहेको छ । उनीहरुले अन्य समयमा पनि चाकु बनाउने गरेको तर माघे संक्रान्तीमा बढी माग हुने गरेको बताए ।

चाकु उद्यमीहरुले व्यापारीक प्रयोगको लागि भन्दा पनि पछिल्लो समय अमेरिका, युरोप,अष्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको बताए । व्यवसायीहरुले विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाएको बताए । टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठले टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा जाने गरेको बताउनु भयो ।

उहाँले माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले सिमित उद्यमीहरु भएकाले भ्याइनभ्याई रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले चाकु परम्परागत रुपमा नै बनाउने भएपनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको बताउनु भयो । उहाँले चाकुको गुणस्तर मापदण्ड सबै पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न समस्या भइरहेको बताउनु भयो । उहाँले सिमित चाकु उद्यमीहरु भएकाले आम्दानी भन्दा पनि माघे संक्रान्तिमा जनतालाई सहज मूल्यमा पाउने गरी व्यापार गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चाकु परम्परागत रुपमा नै बनाउने हो । तर केही वर्षदेखि आधुनिक मेसिनको प्रयोग गरेर पनि बनाउन थालिएको छ । ७५ प्रतिशत चाकु परम्परागत बाँकी आधुनिक मेसिनबाट बनाउने गरिन्छ । चाहेको जस्तो कच्चा पदार्थ हामीले पाएका छैनौं । चाकु बनाउदा गुणस्तर चाकु प्रयोग गर्ने कोशिस गरिहेका छौं । विश्व बजारसम्म लैजाने हिसावले गुणस्तर कायम गर्न खाजेका छौं । टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा निर्यात हुने गरेको छ । चिनारीको लागि लगिएको छ । तर गुणस्तरको कारण बजारमा बेचबिखनको लागि निर्यात गर्न सकिएको छैन । पैसाको लागि भन्दा पनि जनताको सुविधाको लागि काम गरिहेका छौं ।’

टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठले माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई रहेको बताउनु भयो । उहाँले माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भएपनि माग बढी हुँदा चाकु बनाउन चटारो रहेको बताउनु भयो । उहाँले विगतका वर्षहरु भन्दा यो वर्ष चाकुको व्यापार राम्रो रहेको बताउनु भयो । उहाँले अन्य समयमा मागअनुसार चाकु बनाइने बताउनु भयो । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई छ । माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भयो । १४ वटा कम्पनी रहेका छन् । सबैले उत्पादन गरिरहेका छन् । यो वर्ष चाकुको व्यापार राम्रो छ । अन्य समयमा अर्डरअनुसार चाकु बनाइन्छ । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको छ । अन्य समयमा बनाएको चाकु बिक्री नहुने गरेको भएपनि अहिले १० दिन अगाडिदेखि भ्याइनभ्याई छ ।’

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताउनु भयो । उहाँले चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई रहेको बताउनु भयो । उहाँले टोखाका चाकु उद्यमीहरुले बनाएको चाकु बिक्री नभएको भन्ने अहिलेसम्म नभएको बताउनु भयो । उहाँले चाकु अमेरिका र अस्टे«ेलिया समेत जाने गरेको बताउनु भयो । उहाँले काठमाडौं,भक्तपुर र ललितपुरमा नै धेरै चाकु खपत हुने बताउनु भयो । उहाँले चाकु महिलाहरु सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने र न्यानो हुने भएकाले बढी बिक्री हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चाकुको काम गरेको चार पुस्ता भयो । चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई छ । बनाएको चाकु बिक्री नभएको भन्ने छैन । चाकु अमेरिका र अस्टे«ेलिया समेत निर्यात गर्ने गरेका छौं । काठमाडौं भक्तपुर ललितपुरमा धेरै र बाँकी विदेशमा पनि चाकु हामीले निर्यात गर्छौं । नेपालमा गर्मी र विदेशमा जाँडो भएको बेलामा मात्रै बढी बाहिर जान्छ । चाकु महिलाहरु सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने भएको र न्यानो पनि भएकाले बढी बिक्री हुन्छ । अन्य ठाउँको भन्दा टोखाको चाकु राम्रो हुन्छ । मंसिरदेखि बनाएको अहिलेसम्म भ्याइनभ्याई छ ।’

माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । चाकु खासगरी जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ ।—न्युज एजेन्सी नेपाल