• १ असार २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि



काठमाडौं । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा राईले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

सर्वाधिक भोट ल्याएको आधारमा टीम मिलनका उनले उपाधिसँगै २० लाख नगद हात पारे । यस्तै उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारे ।

भ्वाइ अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।