११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्रीलाई गौतमको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । 

मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफुले आग्रह गरेको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्र्तविरोध समाधान गराउन भुमिका खेल्नुपर्ने पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अब तपाइको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरु नआउने सरकार, त्यसरी नचलाउनुस् । तपाईले आव्हान गर्नुस् कि हामी फेरीपनि वामपन्थी सरकार दिन चाहान्छौँ । त्यसो भएर नेपालका कम्युनिष्ट पार्टीहरु सबैसित म हार्दिक आव्हान गर्छुकि हामीसित वार्तामा आउनुस्, सँगै बसौँ र देशलाई अगाडी बढाउनको निम्ति हातेमालो गरौँ भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरीपनि मुख्यशक्ति नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) हुनेछन् र तपाइले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् । हामी नयाँ शिराबाट अगाडी बढौँ । आज अगाडी गरिएका हाम्रा उचित, अनुचित व्यवहारहरु, राम्रा व्यवहारहरु कायम राखेपनि हुन्छ । शिक्षा लिएपनि हुन्छ । नराम्रा अनुचित जति व्यवहारहरु भए ति सबै एउटा बेरियर, त्यसलाई कायम गरौँ । बटमलाइन एउटा निश्चित गरौँ त्यो भन्दा अगाडीका विषयहरुलाई आज हामी नउठाऔँ । अगाडी बढाऔँ भनेर त्यहाँ कुरा गर्नुस् । एमाले भित्रै अहिले समस्या देखियो । मुख्य व्यक्तिहरुलाई बोलाएर तपाइले अनुरोध गर्नुस् । अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् । र हामी फेरी एकताबद्ध भएर जान्छौँ । हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा(एमाले) को हो । त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पुरा गर्न सक्छौँ त्यसभएर तपाइले यो आव्हान गर्नुस् । शुरु गर्नुस् भनेर मैले अनुरोध गरें ।’

संयोजक गौतमले माधव नेपाल समुहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरित निर्णय फिर्ता गर्नुपर्ने बताउनुभयो । नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफु अगाडी बढेको गौतमको भनाई छ ।