३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुष्मा वल्ड च्याम्पियनशिपमा छनोट



अ+ अ-

काठमाडौं । नक्शालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन ।

त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को स्कोरमा हराईन । उनले बुधवार हुने फाईनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्ने छिन । खड्का ६० केजी तौल समूहमा वाई पाएर फाईनल प्रवेश गरेकी थिईन् । 

छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।
फोटो १ ० ४८ केजी तौल समूहमा निलो बिजेता ।