२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सहिद स्मारक सि डिजिजन लिग फुटबल : समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लब विजयी

सहिद स्मारक सि डिजिजन लिग फुटबल : समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लब विजयी
अ अ+ अ-

काठमाडौं । समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सि डिजिजन लिग फुटबलमा विजयी सुरुआत गरेका छन् । 

सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रले पुरानो क्लब सानागौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा सामाजिक युवा क्लबले स्वयम्भु क्लबलाई पनि ३–२ ले हराउँदै लिगमा सुखद सुरुआत गरेका हुन् । पहिलो खेलमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक÷एक गोल गर्दा उर्गेन लामा र रमण तामाङले सानो गौचरणका लागि एक÷एक गोल फर्काएका थिए ।

२५ औं मिनेटमा रुपेशले गोल गर्दै समाज कल्याणलाई १–० को अग्रता दिलाएको खेलमा २९ औं मिनेटमा उर्गेनले गोल गर्दै सानो गौचरणलाई १–१ गोलको अवस्थामा ल्याएका थिए । ५३ औं मिनेटमा राकेशले गोल गरेपछि समाज कल्याणको अग्रता २–१ को भएको थियो । ५७ औं मिनेटमा रमणले गोल गर्दै सानो गौचरणलाई पुनः २–२ गोलको बराबरीमा ल्याए । तर, खेलको ७७ औं मिनेटमा शरदले गोल गर्दै समाज कल्याणलाई ३–२ को जित दिलाए ।

त्यस्तै दिनको दोस्रो खेलमा सामाजिक युवा क्लबलाई जित दिलाउन बसन्त बहादुर रानाले ह्याट्रिक गर्दा  दुई गोल गरेको स्वयम्भूका लागि महेश लामा र विकी राईले एक गोल गरेका थिए । बसन्तले ३२औं, ७८औं र इन्जुरी समयमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने विकीले ४७औं र महेशले ८४औं मिनेटमा गोल फर्काएका थिए । जित निकालेको सामाजिक युवाले महत्वपूर्ण तीन अंक जोड्दै लिग सुरुआत गर्दा स्वयम्भूले हारबाट लिग सुरुआत गरेको छ ।

लिगमा बुधबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा विरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच खेल हुनेछ ।