मस्को । युक्रेन युद्धलाई लिएर प्रतिबन्ध लगाएको अमेरिकाले पहिलो पटक रुसबाट यो तेल खरिद गरेको छ। यो तेल अमेरिकाले नोभेम्बर २०२३ मा खरिद गरेको बताइएको छ । यसअघि सन् २०२२ को मार्चमा अमेरिकाले रुसबाट तेल र ऊर्जा स्रोत आयातमा प्रतिबन्ध लगाएको थियो ।
रुसको आर्थिक अवस्था कमजोर बनाउन अमेरिकाले तेल आयातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक सन् २०२२ अप्रिलमा अमेरिकी कम्पनीहरूले रुसबाट तेल आयात गरेका थिए ।
स्पुतनिक रिपोर्टका अनुसार अमेरिकाले रुसबाट ३५ लाख डलरको तेल खरिद गरेको छ । रुसबाट खरिद गरिएको तेल अमेरिकामा पनि पुगेको छ ।
यसैबीच रुसी राष्ट्रपति पुटिनबाट तेल खरिद गर्ने अमेरिकाले रुसी तेलमा जी७ राष्ट्रले लगाएको मूल्य निर्धारणले काम गरिरहेको दाबी गरेको छ । अमेरिकाको यो मूल्य क्याप अक्टोबरदेखि काम गरिरहेको छ र यसका कारण रुसको तेल आम्दानी घटेको छ । रुसले अहिले प्रतिब्यारेल ६० डलरभन्दा माथिको तेल बिक्री गर्न सकेको छैन ।
गोप्यरूपमा रुसी तेल ओसारपसार गर्ने तेल ट्याङ्करलाई पनि यसले असर गरिरहेको छ । जी७ बाहेक रूसको यो मूल्य क्याप युरोपियन युनियन र अष्ट्रेलियाले लगाएको छ।
उक्त क्यापका कारण पश्चिमी मुलुकका सामुद्रिक सेवाले ६० डलरभन्दा माथिको तेल बोक्ने र जहाजबाट पठाउने बीमामा प्रतिबन्ध लगाएका छन् । युक्रेनमा रुसले आक्रमण गरेपछि पश्चिमी देशहरूले मस्कोमाथि धेरै प्रतिबन्ध लगाएका छन् । अहिले रुसले प्रतिब्यारेल १८ दशमलव ५० डलर अनुदान तिर्नुपर्नेछ ।
अहिले अमेरिकाले रुसबाट तेल किन्न थालेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग बारम्बार हतियार मागेका छन् । तर इजरायल–हमास युद्धका कारण उनले पर्याप्त हतियार पाउन सकेका छैनन् ।
यसैबीच इजरायल र हुथी विद्रोहीबीच अमेरिका फसेको देखेर रुसले पनि युक्रेनमाथि आक्रमण तीव्र पारेको छ । यसबाट जेलेन्स्कीको कठिनाइ धेरै गुणाले बढेको छ ।