२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिसमा भक्तपुर च्याम्पियन

भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिसमा भक्तपुर च्याम्पियन
अ अ+ अ-

काठमाडौं । राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता अन्र्तगत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन भएको छ । 

लैनचौर स्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वडा नं ५ ले नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।

पहिलो खेलमा भक्तपुर ५ की  दिया देउलाले भक्तपुर २ की मञ्जु सुवाललाई ३–० को सेटमा हराउँदा दोस्रो खेलमा भक्तपुर नगरपालिका २ की  क्यारिना सुवालले भक्तपुर नगरपालिका ५ की नर्मदा खैटुलाई ३–२ को सेटमा पराजित गरेकी थिइन् । तेस्रो खेल अन्र्तगत महिला डबल तर्फको खेलमा भक्तपुर ५ का दिया र नर्मदाको जोडिलाई भक्तपुर २ का मञ्जु र प्रदिपा सुवालको जोडिले १–३ को सेटमा पराजित गर्दै अग्रता निकालेका थिए । तर  चौथो खेलमा पुनः दिया देउलाले क्यारिना सुवालाई ३–० को सेटमा पराजित गर्दा सेट बराबरीमा आएको थियो । अन्तिम तथा निर्णायक खेलमा भक्तपुर नगरपालिका ५ की  नर्मदाले भक्तपुर नगरपालिका २ की मञ्जु सुवाललाई ३–१ को सेटमा पराजित गर्दा नगरपालिका वाड नं ५ टिम च्याम्पियन भएको हो ।

प्रतियोगितामा मंगलबरै पुरुष टिम इभेन्ट्समा पहिलो क्वाट्रफाइनल खेल सम्पन्न भएका छन् । ललितपुर महानगरपालिका वडा नं १९ ले सोही नगरपालिकाको वडा नं ८ लाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा  दोस्रो क्वार्टरफाइनल खेलमा धरान उपमहानगरपालिका ९ ले ललितपुर महानगर पालिका वडा नं ७ लाई ३–१ को सेटमा हराएर सेमिफाइनलमा स्थान बनायो । त्यस्तै तेस्रो क्वार्टर फाइनल खेलमा धरान उपमहानगरपालिका वडा नं १३ ले भक्तपुर नगरपालिका ५ लाई ३–२ को सेटमा हराउँदा अन्तिम क्वार्टर फाइनल खेलमा विराटनगर महानगरपालिका वडा नं ३ ले ललितपुर महानगरपालिका १२ लाई पनि ३–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गयो ।  प्रतियोगिता अन्तर्गत मंगलबार नै पुरुष एकल र महिला एकलमा पहिलो चरण र भेट्रान्स ४० वर्ष माथि तथा ५० वर्ष माथिको प्रतिस्पर्धा सम्पन्न भए ।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा हुँदै छ । प्रतियोगिता ७ गते सम्म चल्नेछ ।