२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिसमा भक्तपुर च्याम्पियन



अ+ अ-

काठमाडौं । राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता अन्र्तगत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन भएको छ । 

लैनचौर स्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वडा नं ५ ले नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।

पहिलो खेलमा भक्तपुर ५ की  दिया देउलाले भक्तपुर २ की मञ्जु सुवाललाई ३–० को सेटमा हराउँदा दोस्रो खेलमा भक्तपुर नगरपालिका २ की  क्यारिना सुवालले भक्तपुर नगरपालिका ५ की नर्मदा खैटुलाई ३–२ को सेटमा पराजित गरेकी थिइन् । तेस्रो खेल अन्र्तगत महिला डबल तर्फको खेलमा भक्तपुर ५ का दिया र नर्मदाको जोडिलाई भक्तपुर २ का मञ्जु र प्रदिपा सुवालको जोडिले १–३ को सेटमा पराजित गर्दै अग्रता निकालेका थिए । तर  चौथो खेलमा पुनः दिया देउलाले क्यारिना सुवालाई ३–० को सेटमा पराजित गर्दा सेट बराबरीमा आएको थियो । अन्तिम तथा निर्णायक खेलमा भक्तपुर नगरपालिका ५ की  नर्मदाले भक्तपुर नगरपालिका २ की मञ्जु सुवाललाई ३–१ को सेटमा पराजित गर्दा नगरपालिका वाड नं ५ टिम च्याम्पियन भएको हो ।

प्रतियोगितामा मंगलबरै पुरुष टिम इभेन्ट्समा पहिलो क्वाट्रफाइनल खेल सम्पन्न भएका छन् । ललितपुर महानगरपालिका वडा नं १९ ले सोही नगरपालिकाको वडा नं ८ लाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा  दोस्रो क्वार्टरफाइनल खेलमा धरान उपमहानगरपालिका ९ ले ललितपुर महानगर पालिका वडा नं ७ लाई ३–१ को सेटमा हराएर सेमिफाइनलमा स्थान बनायो । त्यस्तै तेस्रो क्वार्टर फाइनल खेलमा धरान उपमहानगरपालिका वडा नं १३ ले भक्तपुर नगरपालिका ५ लाई ३–२ को सेटमा हराउँदा अन्तिम क्वार्टर फाइनल खेलमा विराटनगर महानगरपालिका वडा नं ३ ले ललितपुर महानगरपालिका १२ लाई पनि ३–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गयो ।  प्रतियोगिता अन्तर्गत मंगलबार नै पुरुष एकल र महिला एकलमा पहिलो चरण र भेट्रान्स ४० वर्ष माथि तथा ५० वर्ष माथिको प्रतिस्पर्धा सम्पन्न भए ।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा हुँदै छ । प्रतियोगिता ७ गते सम्म चल्नेछ ।