५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिनुभयो ।

भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीलगायतको सहभागिता थियो । उहाँहरुले मन्त्रीसमक्ष जिल्लाका विविध विषयमा कुरा राख्नुभएको थियो ।

सोही अवसरमा मन्त्री शर्माले छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस




भर्खरै