२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी



अ+ अ-

काठमाडौँ । सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गरेको छ । ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी भईरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।

२४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग पनि छलफल गरेको थियो ।

मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको मन्त्रालयले जनाएको छ । जसबाट साढे दुई लाख मेट्रिक टन बराबर अमिलो जातको फलफूल उत्पादन हुन्छ ।

फलफूल विकास केन्द्रले ०७६/७७ मा गरेको अध्ययनअनुसार २६ हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । मधेश प्रदेश बाहेक ६ वटै प्रदेशमा उत्पादनशील क्षेत्रफल १४ हजार पाँच सय ५१ हेक्टर जमिन रहेको छ । जसमा एक लाख ५६ हजार प्रतिटन उत्पादन रहेको केन्द्रको भनाइ छ ।