• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी



काठमाडौँ । सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गरेको छ । ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी भईरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।

२४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग पनि छलफल गरेको थियो ।

मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको मन्त्रालयले जनाएको छ । जसबाट साढे दुई लाख मेट्रिक टन बराबर अमिलो जातको फलफूल उत्पादन हुन्छ ।

फलफूल विकास केन्द्रले ०७६/७७ मा गरेको अध्ययनअनुसार २६ हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । मधेश प्रदेश बाहेक ६ वटै प्रदेशमा उत्पादनशील क्षेत्रफल १४ हजार पाँच सय ५१ हेक्टर जमिन रहेको छ । जसमा एक लाख ५६ हजार प्रतिटन उत्पादन रहेको केन्द्रको भनाइ छ ।