१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

देश अब गठबन्धनको राजनीतिमा अघि बढ्छ: माधब नेपाल

देश अब गठबन्धनको राजनीतिमा अघि बढ्छ:  माधब नेपाल
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्नुभएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो ।

उहाँले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिष्पर्धा गर्ने बताउनु भयो । अध्यक्ष नेपालले आज (बुधबर) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिवद्धता भएको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी जनताका निम्ति राजनीति गरेका छौँ । समाजवादको यात्रामा अघि बढीरहेका छौँ । ५ दलीय गठबन्धन निर्माण गरेका छौँ । दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजेपनि गठबन्धन टुट्नेवाला छैन । अहिले भर्खरै मात्र पनि हामीले नेपाली काँग्रेसका सभापति, देशका प्रधानमन्त्री शेरबहादुर देउवाजी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी र म आफैँ हामी तीनै जना बसेर अहिले भर्खरै छलफल ग¥यौं । पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्यतथ्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ । तर मनगढन्ते कुराहरु धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन ।

यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिवद्धता जनाएका छौँ । जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हीतलाई केन्द्रबिन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने, हामीले सोच, नीति अवलम्वन गर्दै आएका छौँ । यही सन्दर्भमा तपाईहरुलाई थाहा छ, हामीले एकपछि अर्को महत्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ । संविधान जोगाएका छाँै । लोकतन्त्र बचाएका छौँ । संघीयताको रक्षा गरेका छौँ । र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशामा लैजान खोजिएको थियो । त्यसलाई गलत बाटोमा जानबाट रोकेका छौँ । जेठमा स्थानीय चुनाव हुन गइरहेको छ । त्यसमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्नेछ ।

त्यसैले अहिले गठबन्धन तोड्न अनेक प्रयास गरिरहेका होलान्, तर उनीहरुको गलत मनशाय सफल हुनेछैन । देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्नेछौँ ।’

अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्न पाइने बताउनु भयो । उहाँले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म      कायमै रहने बताउनु भयो ।