२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सरकारको स्वेच्छाको विषय हाेइन, जेठ ४ मा चुनाव गर्नैपर्छ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ गते स्थानीय निकायको निर्वाचन हुनै पर्ने बताउनुभएको छ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयलाई उहाँले सरकारलाई निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउनुभयो । निर्वाचन आयोगले सरकारसमक्ष आगामी जेठ ४ गते स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सिफारिस गरेको छ ।

उहाँले निर्वाचन सरकारको स्वेच्छाको विषय नभएकाले निर्वाचन आयोगले दिएको मितिमा निर्वाचन गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताउनुभयो । उहाँले संविधानअनुसार फागुनभित्रै स्थानीय निकायको निर्वाचन गराउनुपर्ने थियो भन्दै सो सम्बन्धमा एमालेले पटकपटक ध्यानाकर्षण गराएको बताउनुभयो । सरकार संविधान कार्यन्वयन, लोकतान्त्रिक अभ्यास र सङ्घीयताको कार्यन्वयन गर्न नलागेर सत्ता स्वार्थमा केन्द्रीत हुँदा निर्वाचन पर सर्ने स्थिति आएको उहाँको भनाइ थियो ।