२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सरकारको स्वेच्छाको विषय हाेइन, जेठ ४ मा चुनाव गर्नैपर्छ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ गते स्थानीय निकायको निर्वाचन हुनै पर्ने बताउनुभएको छ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयलाई उहाँले सरकारलाई निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउनुभयो । निर्वाचन आयोगले सरकारसमक्ष आगामी जेठ ४ गते स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सिफारिस गरेको छ ।

उहाँले निर्वाचन सरकारको स्वेच्छाको विषय नभएकाले निर्वाचन आयोगले दिएको मितिमा निर्वाचन गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताउनुभयो । उहाँले संविधानअनुसार फागुनभित्रै स्थानीय निकायको निर्वाचन गराउनुपर्ने थियो भन्दै सो सम्बन्धमा एमालेले पटकपटक ध्यानाकर्षण गराएको बताउनुभयो । सरकार संविधान कार्यन्वयन, लोकतान्त्रिक अभ्यास र सङ्घीयताको कार्यन्वयन गर्न नलागेर सत्ता स्वार्थमा केन्द्रीत हुँदा निर्वाचन पर सर्ने स्थिति आएको उहाँको भनाइ थियो ।