२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

बृहत् इतिहास गोष्ठी र मेरा मनका तरङ्गहरू

बृहत् इतिहास गोष्ठी र मेरा मनका तरङ्गहरू
अ अ+ अ-

स्वर्गीय दण्डपाणि अर्ज्यालको नाममा काठमाडौमा स्थापित “दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र” का अध्यक्ष प्रा. शिबहरि मरहट्टाले भन्नु भयो-पृथ्वी नारायण र गोरखाली पूर्वजहरूको बारेमा अहिले नेपाल राष्ट्रभरी नै उठेको भ्रम, अफबाह निराकरण गरि यथार्थ कुरा जनमानसमा ल्याउन एउटा ईतिहास संबन्धी बृहद बिचार गोष्ठी गरौँ।

कार्यपत्रहरू तयार गर्न लगाऔँ। काठमाडौँ देखि गोरखामा नै संबन्धित विषयका विशिष्ट बिद्वानहरू लगेर उच्चस्तरको कार्यक्रम गरौँ भनि स्मृतिकेन्द्रको कार्य समितिको बैठकमा प्रस्ताव राख्नु भयो।

विशेषत: पृथ्वी नारायणको शालिक तोडफोड र बातावरणमा गोरखाली पूर्वजहरूप्रति अपमानपूर्ण अफबाह फैलाईएको अवस्था थियो समाजमा। यस बिषयमा माओवीदीहरू शान्त थिएनन्। डरको मारे यथार्थ, सत्य कुरा जान्नेले पनि बोल्न सक्ने अवस्था थिएन। कार्यसमितिमा सुरक्षालगायत बिविध बिषयहरूमा छलफल भए। यथार्थ ईतिहासको निरूपण गर्नु यो स्मृतिकेन्द्रको अहिलेको कर्तब्य र आवस्यकता हो भन्ने सबैले महसुस गर्यौँ र अन्तिममा ‘नेपाल राष्ट्रनिर्माणको वास्तविकता’ विषयमा बृहद विचार गोष्ठि गोरखामा गर्ने निर्णय भयो।

यो सङ्गिन अवस्थामा काठमाडौँदेखि तत् विषयका विशिष्ट बिद्वानहरूलाई अघिल्लो दिनदेखि गोरखामा लगि कार्यक्रम संम्पन्न गर्नु फलामको च्युरा चपाउनु सरह थियो तापनि बिशिष्ट ईतिहासकारहरू प्रा. दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र के सी, प्रा. डा. राजाराम सुबेदी, डा. गोविन्द टन्डन, निर्वाचन आयुक्त दोलख बहादुर गुरूङ ( प्रमुख अतिथी ), प्रा. सरोज देवकोटा, साहित्यकार बिष्णु प्रभातलगायतका बिद्वानहरू, अध्यक्ष प्रा. शिबहरि मरहट्टा र कार्य समितिका महानुभावहरू सहितका दुई साना बाहनभरी मानिसहरू लिएर २०६४ कार्तिक १८ गते काठमाडौदेखि गोरखातर्फ लाग्यौँ हामी।

‘नेपाल एकीकरणको क्रममा बाह्र हजार गोरखाली परिवारहरूमा शहीद नहुने कुनै घर थिएन’

यो वाक्य इतिहासकारहरूको कण्ठवाट बाहिर हावामा उद्घोष भएको क्षणभरमा मेरा शरीरका रौँहरू एक्कासि ठाडा भए। राष्ट्र एकीकरण गर्ने सहिदका सन्तति भएको संझनाले म पुलकित मात्र भइन। स्वाभिमान र गर्वले छताछुल्ल भएँ। खुसीले पोखिएँ, गौरववोधले उद्वेलित भएँ, नसा नसामा रगत उम्लिएको अनुभूति भयो ।

सभाहलको दायाँ-बायाँ नजर घुमाएँ। उपस्थित सम्पूर्ण गोरखाली श्रोताहरू स्वाभिमानका सगरमाथाजस्ता देखिन्थे । उनीहरूको रगत उम्लिएको प्रतीत हुन्थ्यो । त्यसैको प्रतीकात्मक स्वरुप स्वतस्फूर्त तालिका गडगडाहटले सभा हल गुञ्जायमान थियो । पितापुर्खा सझँदा हर्षले मेरो गला अवरुद्ध भयो । आँखा रसाए, मन हल्का भएजस्तो लाग्यो । उनीहरूको काल्पनिक छवि र भेषभुसा अनायासै हृदयमा उब्जियो । श्रद्धाले त्यो आकृतिप्रति नतमस्तक हुन पुगेँ ।चरणकमलमा झुक्न मन लाग्यो

प्रसङ्ग २०६४ कार्तिक १९ गतेको हो । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारस्थित जिल्ला विकास समितिको सभाकक्षमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र काठमाडौँले आयोजना गरेको ‘नेपाल राष्ट्रनिर्माणको वास्तविकता’ विषयक इतिहास सम्बन्धी वृहत् विचार गोष्ठी आयोजना भएको थियो । स्वर्गीय दण्डपाणि अर्ज्याल गोरखाका ईतिहासविद्, ज्योतिषज्ञ, समाजशास्त्री, धर्मशास्त्रका मर्मज्ञ तथा दीर्घ शिक्षासेवि विद्वान् हुनुहुन्थ्यो। नामित प्रतिभा इतिहासविद्समेत भएबाट वहाँको नाममा स्थापित उक्त संस्थाले यस्ता इतिहास सम्बन्धी गोष्ठीको आयोजनास्थल गोरखालाई नै चुनेको थियो ।

मैले जतिजति इतिहास बुझ्दै जान्थेँ ममा त्यति नै पक्ष/विपक्षका तर्क वितर्कहरू छचल्किदै जान्थे । राष्ट्र निर्माणमा गोरखालीको लगानी र प्राप्तिको हिसाव किताव मनको सिलोटमा कोरिन्थे । यसै क्रममा आफ्नो बाल्यकालदेखिको प्यारो गोरखाको समग्र स्वरूपलाई मनको तराजुको एकातर्फ राख्दर्थें भने अर्कोतर्फ नेपाल एकीकरणको गौरवपूर्ण इतिहासलाई ।

राष्ट्रनिर्माण तथा एकीकरण गर्न सक्षम गोरखाको बर्तमानको जीर्ण भौतिक अवस्था, अशिक्षा, आर्थिक दुरावस्था, स्वास्थ्य क्षेत्रको गिर्दो रूप र जनताको स्तर आदि पक्षलाई दृष्टिगोचर गर्दा मलाई लाग्दथ्यो- ‘इतिहास निर्माण गर्न सफल मेरो -गोरखा’ प्रत्येक बर्तमानहरूमा ठगिएको मात्र नभै अपहेलित हुन पुगेको रहेछ ।

एकीकरणपछिका प्रत्येक वर्तमानहरूको कल्पना र सम्झनाले, मलाई आक्रोसित मात्र बनाउदैन हीनताबोधले निसास्सिन्थेँ पनि । त्यतिमात्र कहाँ हो र रु ४०० वर्ष पहिलेदेखि गौरवपूर्ण इतिहास निर्माण गरेको गोरखालाई २१ औ शताब्दीको यस वर्तमानमा त झन् साम्राज्यवाद र विस्तारवादबाट आरोपित हुन परेको कथित तीतो यथार्थ सबका सामु छर्लंग छ। यसरी कुनै समयमा न्याय शब्दको पर्याय बनेको गोरखा । आज स्वयं चरम अन्यायमा चुर्लुम्म डुबेको देख्दै छु- म ।

यस्तै सोच र विचार मभित्र रुमल्लिने क्रममा म सोच्द्थेँ- राजा महाराजा तथा ठूला बडाहरूको मात्र ईतिहास लेखिन्छन् किन ? नेपाल एकीकरणमा राजा महाराजाहरूले मात्र लडेका थिए र ? को लेखिनु पर्दछ र विभिन्न थरघरका जाति अनि जनजातिहरूको यथार्थ ऐतिहासिक विवरण बाहिर आउनु पर्दछ भन्ने सर्तमा म आन्दोलित भै रहेको हुन्छु। मेरो सोचाइ सधैँ यही सर्तमा अगाडि बढिरहेको हुन्छ ।

“नेपाल राष्ट्रनिर्माणको वास्तविकता’ विषयक विचार गोष्ठीभित्र अत्यन्तै सान्दर्भिक दुईवटा विषयहरूमा कार्यपत्रहरू प्रस्तुत भए । पहिलो थियो- ‘नेपालको एकीकरणमा गोरखालीको योगदान’ जसलाई विद्वान् इतिहासकार प्राध्यापक दिनेशराज पन्तले प्रस्तुत गर्नु भएको थियो। दिनेशराज पन्त नेपालको इतिहास क्षेत्रका प्रख्यात विद्वान् हुनुहुन्छ भने गोरखाको विषयमा त झन् वहाले चारवटा पुस्तकहरू लेखेर गोरखाको ऐतिहासिक पृष्ठभूमिको साथ साथै त्यहाँका अनगिन्ती ऐतिहासिक घटना परिघटनाहरूको वर्णन, विश्लेषण गरी राष्ट्रनिर्माणमा गोरखाको गौरवपूर्ण इतिहासलाई अझै प्रस्ट्याईदिनु भएको छ ।

सो कार्यपत्रमा नेपाल एकीकरणमा संलग्न विभिन्न थरघर, समूह, समुदायका गोरखाली व्यक्तित्वहरूका धेरै नामहरू नै किटानीसाथ उल्लेख भएको पाएँ । यसबाट थप थर-घरहरूको वास्तविक इतिहास पहिचानमा सहयोग पुग्न जाने विश्वास गरेँ- मैले । यस्ता मूर्धन्य विद्वानको कार्यपत्रले नेपाल राष्ट्रको एकीकरणमा गोरखालीको योगदानलाई छर्लङ्ग प्रस्ट्याइदिएको थियो । वास्तवमा गोरखालीको भूमिकालाई अझै नजिकबाट वुझ्ने, अध्ययन र मनन गर्ने मौका त्यस गोष्ठीले प्रदान गर्न सकेकोमा आफूलाई कृतकृत्य सम्झेँ-मैले।

दोस्रो कार्यपत्रको शीर्षक थियो “नेपालको एकीकरण: भ्रम र वास्तविकता” जसलाई विद्वान् इतिहासकार तथा सामाजिक र राजनैतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले प्रस्तुत गर्नु भएको थियो । दुई दर्जन भन्दा बढी पुस्तकका सर्जक केसीज्यूको कार्यपत्रले विभिन्न उपशीर्षकहरूको माध्यमबाट नेपाल एकीकरणको वास्तविकतामाथि हालको परिप्रेक्षमा देखा परेका केही भ्रमहरूलाई निवारण गर्ने काम गरेको पाएँ ।

त्यसमध्ये मलाई ज्यादै नै छोएको विषय थियो “नेपालको एकीकरण हो कि गोरखा राज्यको साम्राज्यवादी विस्तार ? ” भन्ने विषय । यो दु:खद प्रश्नमाथिको वास्तविक ऐतिहासिक व्याख्याले सन्तोष दिलायो- मलाई । म पुलकित मात्र भइनँ, ममा ऊर्जा थपियो । हामी गोरखालीहरूमा अतीतप्रतिको गौरवले वर्तमानमा नयाँ इतिहास रच्ने साहस थपिएको अनुभूति गरायो । अर्कोतर्फ सोही कार्यपत्रहरूका टिष्पणीकारहरूमा नेपालको संस्कृति विपयका ख्यातिप्राप्त विद्वान् तथा शालीन व्यक्तित्वका धनी डा. गोविन्द टण्डन र प्रसिद्ध इतिहासकार प्रा.डा. राजाराम सुबेदी क्रमश: हुनुहुन्थ्यो । विद्वान् द्वयले गर्नुभएको टिप्पणिले कार्यपत्रलाई सुनमाथिको सुगन्ध बनाउन मद्दत पुर्याएको थियो ।

समय बलवान् छ। समाजमा समय समयमा अनेक किसिमका तर्क, वितर्क र कृतर्कहरू भैरहन्छन्। त्यसै मेसोमा हाल आएर नेपालको एकीकरणका संवन्धमा पनि केही तर्कहरू प्रस्तुत भएका देखिन्छन्- ‘नेपालको एकीकरण-एकीकरण नभै गोरखाराज्यको विस्तार हो’ भन्ने जस्ता अफवाह भनौँ या हल्लाहरू सुन्नमा आएका पनि छन् । मेरो मनको कुनामा यो हल्ला वा अफवाहले अनगिन्ती प्रश्नहरू जन्माउनु स्वाभाविकै थियो, आखिर तलाउमा ढुङ्गा हानेपछि तरङ्ग फैलनु कुन ठूलो कुरा भयो र ?

के गोरखालीहरूको साम्राज्यवादी, विस्तारवादी नितिकै आधारमा यो राष्ट्र निर्माण भएको हो त रु यदि त्यसो हो भने ‘नेपाल’ को साटो देशको नाम किन “गोरखा” हुन गएन त ? विस्तारवाद सम्बन्धी हल्लागत प्रश्न इतिहासको यथार्थ विश्लेषणको आधारमा उब्जाइएको होला कि गोरखाली पूर्वजको अपमान गर्ने चालवाजी मात्र ? यदि यो चालबाजी नै हो भने, राज्य दिने पूर्वजको हुर्मत लिँदा आफ्नो स्वाभिमान देख्ने सन्ततिको नियत के हो? जसले प्राण उत्सर्ग गरेर राज्य दियो, त्यही राज्यमा बसेर ती वीर र वीराङ्गना सहिद पूर्वजको अपमान गर्ने सन्तति देख्दा दया गर्नुभन्दा बाहेक के पो गर्न सकिन्छ र ?

यी र यस्तै विषय अनि प्रसङ्गहरूले मेरो हृदयभित्र सवाल जवाफ गरिरहन्थे। नगरोस् पनि कसरी रु आखिर म नेपालीमात्र नभै गोरखाली हूँ, प्यारो गोरखाली। त्यसैले विशेषगरी यस्ता विषयले मलाई छिटो छुने नै भयो । एक मन नमिठो पनि लाग्थ्यो ।

आफ्ना आस्थाका धरोहर, भक्तिभावका प्रतीक, श्रद्धाका सगरमाथा, ममताका प्रिय, प्रात: स्मरणीय, परम श्रद्धेय, वन्दनीय र अनमोल रत्न गोरखाली पूर्वजहरूको जीवन उत्सर्ग र बहादुरीभित्र विस्तारवादको अपाच्य दुर्गन्ध नै थियो त ?यी तमाम सवाल जवाफको, प्रश्न प्रतिप्रश्नको निरुपण चाहन्थेँ( म। सत्य, तथ्यमा आधारित इतिहास संवन्धी व्याख्या विश्लेषण चाहन्थेँ ।

त्यसैको खोजीमा मेरो मन भौतारिन्थ्यो पनि। आखिर त्यस विचार गोष्ठीले सत्य र तथ्य कुराको विश्लेषणको आधारमा उल्लिखित प्रश्नहरूको यथोचित जवाफ दिएको अनुभूति भयो मलाई। यसै प्रसङ्गमा इतिहासकार डा। सुरेन्द्र केसीको कार्यपत्रले यो प्रश्न सम्बन्धी भ्रमलाई चिदै वास्तविकताको उत्खनन गर्छ र ऐतिहासिक घटनाहरूको व्याख्या विश्लेषणसहित निचोडमा उल्लेख गर्छ- वृटिससाम्राज्यको खुनी हमला र आधिपत्य रोक्ने हो भने एउटै नेपाल बनाउनु जरुरी थियो ।

तत् अवस्थाको बाइसे चौबीसे राज्यहरू र पूर्वका सेन अनि काठमाडौं उपत्यकाका राज्यहरू एक आपसमा ज्यादा शत्रुवत् बनेका थिए । विदेशी शक्तिसँग लड्ने, जुझ्ने क्षमता तिनीहरूसँग थिएन । यो कुरा समग्र गोरखाली तथा नायक पृथ्वीनारायणले बुझिसकका थिए । अत: हिमाली राज्यहरूमा ब्रिटिश साम्राज्यको प्रभाव रोक्न नेपाल एकीकरण आवश्यक देखे र गोरखा अभियानले नेपालको देशभक्तिपूर्ण अभियानको रूप ग्रहण गऱ्यो ।

यो निचोडबाट हामीले बिना हिचकिचावट स्पष्ट रूपमा प्रमाणित गर्न सकिन्छ कि गोरखालीहरूको विजय अभियान गोरखाको विस्तार वा साम्राज्य नभई नेपाल राष्ट्रको एकीकरण थियो ।अझै गहिरो निचोड यो थियो( उक्त अभियान तत्कालीन समयमा विश्व विजय गर्दै हिंडेको अङ्ग्रेजी साम्राज्यको चपेटावाट स्वयं गोरखालाई बचाउने मात्र नभई समग्र नेपाललाई जोगाउने ध्येयवाट प्रेरित थियो । “यस मानेमा यो अभियान खुनी हमला नभई देशभक्तिपूर्ण एवं प्रगतिशील कदम थियो ।” जसको प्रतिफल निश्चित वर्गले मात्र नभै वृहद् नेपाली जनताले नै उपयोग गरे ।

उपरोक्त प्रश्नमाथि केन्द्रित रहँदा कार्यपत्रले अर्को शालीन तर्क प्रस्तुत गरेको पाएँ मैले । गोरखाको विजय वास्तवमा नेपाल एकीकरण नभै गोरखालीहरूले लादेको विस्तारवाद तथा साम्राज्यवादको उपज नै थियो भने नवोदित राज्यको नाम ‘नेपाल’नभै ‘गोरखा’हुनु पर्ने थियो । ‘नेपाल’ नामाकरणको पछाडि ‘एकता’ ‘सामूहिकता ‘को उच्च भावना प्रतीकात्मक रूपमा झल्काउन खोजिएको पाइन्छ ।

गोरखालीको स्वार्थ सङ्कीर्ण थिएन । यो एकता र सामूहिकताको बलले वृटिस साम्राज्यसँग प्रतिकार गर्ने हिम्मत र साहस बटुल्नु थियो । पृथ्वीनारायणले एकता र सामूहिकता वेगर आफ्नो समेत सुरक्षा देखेनन् त्यसैले विजित भूभागहरू भक्तपुर, मकवानपुर आदि क्षेत्रमा राजा हुनकै लागि आफ्ना भाइहरूले देखाएको आकाङ्क्षालाई सोझै अस्विकार मात्र गरेनन्, माहिला भाइ महोद्दामकीर्तिको ‘आँखा झिकि दिने’ धम्कीदिए भने सोही कारणले नाराज बनेका कान्छा भाइ सुरप्रतापलाई पाल्पामा लघार्न अनि त्यहाँ नै मार्नसमेत पछि परेनन् ।”यसैले गोरखालीहरूको विजय गोरखाको विस्तारवादी नीति र साम्राज्यवादी शैली नभै साम्राज्यवाद विरुद्धको कठिन संघर्ष थियो” । यसरी घाम जत्तिकै छर्लङ्ग हुने गरी व्याख्या विवेचनाको आधारमा भ्रम निवारण हुन सकेकोमा दिल रमायो। प्रशन्नताले चित्त मुस्कुरायो।

नेपालको तथा गोरखाको इतिहासको प्रसङ्गभित्र पृथ्वीनारायण शाहको प्रसंग बताइए भने त्यसले पूर्णता पाउन सक्दैन । त्यसैले उनको सन्दर्भमा पनि केही स्पष्ट पार्न जरुरी हुन्छ जस्तो लाग्छ मलाई । दृष्टिकोण र विचार आ-आफ्ना हुन्छन् । आ-आफ्नै ढङ्ग र किसिमबाट सोच विचार गर्न सवै स्वतन्त्र छन् ।

स्वतन्त्रता र प्रजातन्त्रको उपभोग सवैले गर्न पाउनु पर्छ । तर इतिहासको सत्य तथ्य घटनालाई समय सापेक्ष, विनाआग्रह र पूर्वाग्रह व्याख्या विवेचना गर्ने परम्पराको विकास गर्न सकेनौँ भने भोलि आफ्नै इतिहास उल्टो लेखिन सक्छ । त्यसैले अतीतका घटनाहरूलाई व्याख्या विश्लेषण गर्दा यथार्थता र सत्यताको कसीमा नराखीकन हचुवा, मनगढन्ते किसिमले क्षणिक स्वार्थपूर्तिको लागि मात्र हुन गयो भने त्यसबाट प्राप्त हुने नतिजा प्रत्युत्पादक हुन जाने मात्र नभै आफ्ना पिता पुर्खाप्रति समेत अन्याय गरेको ठहरिने छ ।

हो, पृथ्वीनारायण शोषक, सामन्ती थिए होलान । क्रुर तानाशाह र अन्यायी पनि हुन सक्छन् । उनका यस्तै खाले मानवीय कमजोरी र केही अवगुणहरू थिए होलान । तर पनि उनी यो नेपाल राष्ट्र निर्माण गर्ने अगुवाहरू मध्येका ‘अगुवा ‘ थिए। ‘लिडर’ थिए। एक्लो वीर थिएनन्, समुहको बलमा हिंड्ने बहादुर ‘योद्धा’ थिए, ‘लडाकु’ थिए। ‘महत्वकाक्षी’ थिए र समग्रमा भन्नुपर्दा ‘नेपाल राष्ट्रनिर्माताू’थिए भन्ने कुरालाई जबसम्म कसैले घाम जत्तिकै छर्लङ्ग हुने गरी तथ्य प्रमाणका आधारमा उल्ट्याउन सक्दैनन् तवसम्म हामीले स्वीकार नगर्नु ठूलो भूल गरेको ठहर्नेछ ।

यसको मतलव यो हो कि पृथ्वीनारायणका कमी, कमजोरीहरूको समीक्षा गरौँ, चर्चा गरौँ, विरोध गरौँ, वाद-प्रतिबाद, छलफल र अन्तक्रियाहरू गरौँ तर उनले गरेका राम्रो कामको प्रशंसा अनि समर्थन गर्न कन्जुस्याइ गर्नु पर्ने घारी के छ र रु अर्थात् नराम्रो कामको समीक्षा तथा विरोध र राम्रो कामको समर्थन अनि प्रशंसा गरौँ भन्ने मान्यता हो- मेरो ।

वर्तमानको सोच चिन्तनले अथवा हालको आँखाले अतीतका घटनाहरूलाई निरपेक्ष व्याख्या गरी निचोड निकाल्नु बुद्धिमानी ठहर्दैन । कसैको सन्ततिको कमीकमजोरी र वदमासीका आधारमा उस्का पितापुख्खाले सजाय पाउनु हुँदैन । त्यसैगरी पितापुर्खाको इज्जत, मान, प्रतिष्ठा र पदको आधारमा खराव सन्ततिको लाज ढाकिनु हुन्न, गल्ती छोपिनु हुन्न ।

राजा ज्ञानेन्द्रको शैली, चिन्तन र सोचले सृजना गरेका नकारात्मक दृष्टिकोणबाट पृथ्वीनारायणलाई नाप्न पुगियो भने त्यो न्यायसङ्गत ठहर्दैन । अहिलेको आवस्यकता (प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रता, समानता आदि) को दृष्टिले तत् अवस्थाको (सवा २ सय वर्ष पहिले) समाधान खोज्नु अनि नपाउनु, नदेख्नु र त्यसकै आधारमा लान्छना लगाउने हो भने पृथ्वीनारायण मात्र होइन हामी प्रत्येकका पिता-पूर्खा, बाजे-वराजु दोषमुक्त हुन सक्दैनन् । त्यसैले हरेक कुराको व्याख्या समय सापेक्ष एवं सान्दर्भिक हुनु जरुरी छ ।

इतिहास सम्वन्धी त्यस वृहत् गोष्ठीले माथि उल्लेख भएका र अन्य विविध पक्षमा उठेका विभिन्न भ्रमहरूलाई निवारण गर्ने प्रयास मात्र नगरी इतिहास सम्बन्धी थप जानकारी दिएको अनुभूति भयो मलाई । इतिहासकारहरूले गोरखा र गोरखाली जनताको बहादुरीको बखान गर्दै भने- “इतिहासको व्याख्या गर्दा उनीहरूको जति प्रशंसा गरे पनि अपर्याप्त नै हुन्छ । जसले आज राष्ट्र दियो, देश निर्माण गर्यो, भाषा दियो, भावनात्मक एकता गरायो त्यसको प्रशंसाभित्र कुनै सिमा हुन्छ र ?’

उनीहरूले मुक्त कुण्ठले प्रशंसा गरे-‘आफ्नो पुरानो रूप बिसिँदै ५२ वटाभन्दा बढी खण्डमा विभक्त भइरहेको नेपाल श्री ५ पृथ्वीनारायण शाहको नेतृत्वमा मूलत: गोरखालीहरूद्वारा एकीकृत नभएको भए हामीले नेपाली भएर बाँच्न पाउँदैनथ्यौं । यस परिस्थितिमा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको पुन: एकीकरणको काम गर्ने गोरखालीहरूको ऋण हामी प्रत्येक नेपालीले तिर्नुपर्छ र त्यस महान् अभियानको महत्त्वलाई न्यून गर्ने होइन कि अझ सबैलाई राम्ररी बुझाई उत्कर्षमा लग्नुपर्छ भन्ने स्पष्ट छ ।’

गोष्ठी सकियो, गोष्ठीको निष्कर्षले ममा अतीतदेखि घर गरेको गोरखा ठगिएको, हेपिएको, पछि परेको भन्ने धारणालाई पुनर्पुष्टि गर्यो । मेरो दिलमा घर गरेको उक्त नमिठासले भन्दा नेपाल निर्माण तथा एकीकरण गर्ने गोरखालीको सन्तती हुन पाएको गौरवबोधले हज्जारौं गुणा आनन्दको अनुभूति भयो मलाई ।

लेखक दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका संस्थापक मध्येका हुनुहुन्छ । 

हाल- अमेरिका