• १७ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 30 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी ★   बर्दिबासबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना ★   तिलगङ्गा आँखा विश्वविद्यालयसम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने ★   नेशनल चेस च्याम्पियनसिप जेठ १९ देखि हुने ★   ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ: गृहमन्त्री लामिछाने ★   सांसद् विन्दवासिनीले चाँडो न्याय पाउनुपर्छ: मन्त्री गिरी ★   विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग ★   सरकारले संसद अन्त्य गर्न खोजेपछि गृहमन्त्रीको नामबिनै समिति गठन गर्न तयार भयौँ: गगन थापा ★   डान्सिंङ ईन फायर काठमाडौमा देखियो: अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुको छनोटमा ★   राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का पदाधिकारीसँग आज भएको छलफलमा उहाँले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो ।

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।” वीर अस्पतालले परम्परागत तवरलेभन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।

छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।