८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेशनल चेस च्याम्पियनसिप जेठ १९ देखि हुने

नेशनल चेस च्याम्पियनसिप जेठ १९ देखि हुने
अ अ+ अ-

काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप यहि जेठमा हुने भएको छ । आयोजकले बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यहि जेठ १९ देखि २४ गतेम्म आयोजना हुने जानकारी गराएको हो ।

काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४ औं  खुल्ला  र नवौं  महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२र१२ जना खेलाडी सहभागी हुनेछन् ।

यस प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको नेशनल बी च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९-९ जना खेलाडी छनोट भएका थिए । जसमा पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ (क्यान्डिडेट मास्टर), ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौंका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजिव कार्की र काठमाडौंका श्रुसुरत दाहाल छन् ।

त्यस्तै महिलातर्फ झापाकी कृतिसारा अधिकारी, काठमाडौंकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौकी विनिता कपाली, भक्तपुरकी अंशुदिल प्रजापति, झापाकी पूनम प्रसाईं, भक्तपुरकी श्रेया दुवाल र सविना गुज रहेका छन् ।

त्यसैगरी २३ औं राष्ट्रिय प्रतियोगिताका पदक विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौं राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत महिलातर्फका विजेता फिडेमास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र शान्ति धिमालले पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका चर्चित खेलाडी सुरवीर लामा थाईल्याण्ड र सुजना लोहनी हाल अष्ट्रेलियामा रहेको कारण उनीहरुको स्थानमा बैकल्पिक खेलाडीको रुपमा खुल्लातर्फ सुशील चौधरी र प्रसन्न किवनायोले खेल्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप तथा कन्टिनेन्टलमा सहभागीता जनाउन पाउने छन् । त्यसैगरी यसै प्रतियोगिताबाट २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि पुरुषतर्फ तीन र महिलातर्फ ४ गरि नेपालको तर्फबाट उत्कृष्ट ७ जना खेलाडी छनोट हुनेछन् ।

नेपाल बुद्धिचाल महासंघका अनुसार चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला र पुरुष दुवैतर्फ समान ५र५ जना खेलाडी सहभागी हुनेछन् । जसमा उच्च रेटेड खेलाडी खुल्लामा विवेक लामा र  महिलामा सुजना लोहनी तथा फिडे मास्टर रुपेश जैशवाल २३ औं राष्ट्रिय प्रतियोगिताको विजेताका रुपमा छनोट भइसकेका छन् ।

प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औं  खुल्ला तथा  दशौं  महिला राष्ट्रिय  च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल बी मा प्रतिस्पर्धा गर्न पाउने छन् । यस च्याम्पियनसिपको अनुमानित खर्च १३ लाख ५०  हजार रहेको छ ।

च्याम्पियनसिपको मुख्य प्रायोजन दिव्यांश मल्टी प्रोडक्सनले गर्नेछ भने सह-प्रायोजकमा रुक्मणी टुर्स एण्ड ट्राभल्स रहेको छ ।  फिडे डेभलपमेन्ट कमिसन मेम्बर समेत रहेका लुम्बिनी इभेण्ट म्यानेजमेण्टका अध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर सुबोध सेर्पालीले आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने राष्ट्रिय खेलकुद परिषद, नेपाल टेलिकम, र प्रभु बैंक , दिव्यान्स मल्टी ट्रेड कम्पनी, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि.  लगायतको प्रायोजन रहेको जानकारी गराएका छन्  । प्रतियेगिताको गत संस्करण पनि होटल ले हिमालयमै संचालन भएको थियो ।

त्यस्तै प्रत्रकार सम्मेलनमा बोल्दै नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले ओलम्पियाडमा सहभागी हुने खेलाडीहरुलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइने बताएका छन् । विगतको संस्करणमा नेपाली खेलाडी ओलम्पियाडको पदक नजिक पुगेपनि पदकबाट भने बञ्चित रहँदै आएको स्मरण गर्दै अध्यक्ष महर्जनले यो पटक नेपाली खेलाडीले ओलम्पियाडमा उपाधि जित्ने गरि तयारी गर्ने बताए । त्यसका लागि महासंघले खेलाडीलाई प्रशिक्षण लगायत आवश्यक सहयोग गर्ने समेत महर्जनले खुलासा गरे । कार्यक्रमको संचालन महासंघका सदस्य राजु ताम्राकारले गरेका थिए ।