३० असार २०८२, सोमबार
,
Latest
पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालेखापरीक्षक कार्यालयको रणनीतिक कार्ययोजना तत्काल समितिमा पेश गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । बेरुजुलाई शिघ्र फछ्र्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन उत्तरदायित्वको सुनिश्चित गर्नेगरी रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल समितिमा पेश गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीवार बसेको सार्वजनिक लेखा समिति बैठकले महालेखापरीक्षको कार्यालयलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले महालेखापरीक्षकको कार्यालयलाई हरेक वर्ष बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै वित्तीय अराजकताको सन्देश प्रवाह भएको भन्दै यस्तो निर्देशन दिनुभयो । उहाँले आर्थिक गतिविधि तथा वित्तिय उत्तरदायित्व ऐन,२०७६ को दफा ३७ मा प्रारम्भिक लेखापरीक्षणको प्रतिवेदनमा आंैल्याएका बेरुजुका सम्बन्धमा बेरुजुको सूचना प्राप्त भएको ३५ दिनभित्र र उक्त अवधिभित्र फछर्यौट तथा संपरीक्षण गराउन नसक्ने मनासिव माफिकको कारण भए एक महिनासम्म म्याद थप गर्नसक्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो

। उहाँले लेखा परिक्षणको वार्षिक प्रतिवेदनलाई जोखिममा आधारित,कार्यमुलक लेखापरीक्षण,वातावरणीय लेखापरीक्षण,सूचना प्रविधि र लैगिङ्क लेखापरीक्षण लगायतका नविनतम अन्तर्राष्ट्रिय लेखापरीक्षणका विधि तथा पद्धतिका आधारमा समेत थप गरी प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले सैद्धान्तिक बरुजु,असुल उपर गर्नुपर्ने,बेरुजु र पेश्की बेरुजुलाई मन्त्रालयगत रुपमा छुट्टाछुट्टै उल्लेख गरी आगामी वार्षिक प्रतिवेदन तयार गरी समितिमा बुझाउन निर्देशन दिनुभयो । उहाँले महालेखापरीक्षकको कार्यालयबाट बेरुजु वा कैफियतहरु उठाउँदा कुन कानूनको कुन दफा नियम वा निर्देशिकाको प्रावधान अनुसार बेरुजु हुन गएको र बेरुजु फछ्र्यौट गर्नको लागि पेश गर्नुपर्ने प्रमाण,कागजात वा स्वीकृती गर्ने पदाधिकारीको स्पष्ट विवरण प्रतिवेदनमा समावेश गर्न निर्देशन दिनुभयो ।

उहाँले एउटै विषयमा लेखापरीक्षण पदाधिकारी कसैले बेरुजु उठाउने कसैले नउठाउने प्रवृत्ति अन्त्य गर्न र बेरुजु उठाउने कार्यमा एकरुपता कायम गर्न गराउन आगामी दिनमा लेखापरीक्षण मापदण्डलाई अनिवार्य पालना गरी मनोगत आधारमा बेरुजु उठाउने कार्यमा नियन्त्रण गर्न,संविधान र प्रचलित कानून बमोजिम औचित्यको आधारमा उठाउने बेरुजुहरु वस्तुगत आधारमा मात्र उठाउने प्रणाली स्थापित गर्न निर्देशन दिनुभयो । उहाँले कार्यकुशलता वा प्रभावकारीताको आधारमा परीक्षण गर्दा सूचकहरुको प्रयोगको आधारहरु स्पष्ट गरेर मात्रै उल्लेख गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘हरेक वर्ष बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै बित्तीय अराजकताको सन्देश प्रवाह भइरहेको सन्दर्भमा बेरुजु न्यूनीकरण र कायम भएको बेरुजुलाई शिघ्र फछ्र्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन उत्तरदायित्वको सुनिश्चित गर्ने गरी रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गरी समितिमा पेश गर्ने,आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ३७ मा प्रारम्भिक लेखापरीक्षणको प्रतिवेदनमा औल्याएका बेरुजुका सम्बन्धमा बेरुजुको सूचना प्राप्त भएको ३५ दिनभित्र र उक्त अवधिभित्र फछ्र्यौट तथा संपरीक्षण गराउन नसक्ने मनासिव माफिकको कारण भए एक महिनासम्म म्याद थप गर्नसक्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन, लेखा परीक्षणको वार्षिक प्रतिवेदनलाई जोखिममा आधारित,कार्यमुलक लेखापरीक्षण,वातावरणीय लेखापरीक्षण,सूचना प्रविधि र लैगिङ्क लेखापरीक्षण लगायतका नविनतम अन्तर्राष्ट्रिय लेखापरीक्षणका विधि तथा पद्धतिका आधारमा समेत थप गरी प्रभावकारी बनाउनुका साथै सैद्धान्तिक बरुजु,असुल उपर गर्नुपर्ने,बेरुजु र पेश्की बेरुजुलाई मन्त्रालयगत रुपमा छुटाछुट्टै उल्लेख गरी आगामी वार्षिक प्रतिवेदन तयार गर्न ,गराउन,महालेखापरीक्षकको कार्यालयबाट बेरुजु वा कैफियतहरु उठाउँदा कुन कानूनको कुन दफा नियम वा निर्देशिकाको प्रावधान अनुसार बेरुजु हुन गएको हो ? सो उल्लेख गरी फछ्र्यौट गर्नको लागि पेश गर्नुपर्ने प्रमाण,कागजात वा स्वीकृती गर्ने पदाधिकारीको स्पष्ट विवरण प्रतिवेदनमा समावेश गर्न गराउन,एउटै विषयमा लेखापरीक्षण पदाधिकारी कसैले बेरुजु उठाउने कसैले नउठाउने प्रवृति अन्त्य गर्न र बेरुजु उठाउने कार्यमा एकरुपता कायम गर्न गराउन आगामी दिनमा लेखापरीक्षण मापदण्डलाई अनिवार्य पालना गरी मनोगत आधारमा बेरुजु उठाउने कार्यमा नियन्त्रण गर्न,संविधान र प्रचलित कानून बमोजिम औचित्यको आधारमा उठाउने बेरुजुहरु वस्तुगत आधारमा मात्र उठाउने प्रणाली स्थापित गर्न, कार्यकुशलता वा प्रभावकारीताको आधारमा परीक्षण गर्दा सूचकहरुको प्रयोगको आधारहरु स्पष्ट गरेर मात्रै उल्लेख गर्न।’

समितिले निश्चित बजेट भएको कार्यालयको लागि बेरुजु उठाउँदा सो बजेट भन्दा बढी नहुने गरी जुन कार्यको लागि बजेट खर्च गरिएको हो सो कुरा स्पष्ट गरेर मात्रै राख्न निर्देशन दिएको छ ।