२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसद अन्त्य गर्न खोजेपछि गृहमन्त्रीको नामबिनै समिति गठन गर्न तयार भयौँ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम संसदीय छानबिन विशेष समितिमा किन नराखिएको भन्नेबारे स्पष्ट पारेका छन् ।

बिहीबार एक भिडिओ सार्वजनिक गर्दै थापाले सत्तापक्षले केही दिन पेल्ने र संसद बन्द गर्ने तयारी गरेपछि आफूहरू गृहमन्त्रीको नाम नलेखि समिति बनाउन तयार भएको बताए ।

‘कांग्रेसले संसदीय समितिमा गृहमन्त्रीको नाम नलेखि नछोड्ने भएपछि संसद पेलेर चलाउने, केही दिनपछि बन्द गरिदिने तयारी सत्तापक्षको थियो’ थापाले भिडियोमा भनेका छन्, ‘त्यसपछि छ महिनापछि मात्रै संसद बोलाए पनि हुने र संसदीय समिति नबनाउने रणनीति थाहा पाएरै हामीले संसदीय समितिमै जोड गर्‍यौं ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न छन् भनेर आफूहरूले उठाएको विषयमा छानबिन हुने निश्चित भएको बताए । जुन उद्देश्यले कांग्रेसले विषय उठाएको हो त्यही बमोजिम समिति बनेको जिकिर गरे ।

कांग्रेसले संसदमा र सडकमा उठाउँदै आएका मागहरू सम्बोधन हुने बताए । उनले गोरखा मिडियाको अनुसन्धान गरेपछि रवि लामिछाने र जीवी राईको संलग्नता प्रष्ट हुने बताए।

उनले समितिलाई निर्बाध रूपमा काम गर्न दिएर ठगी गर्नेमाथि कारबाही र बचतकर्ताको बचत फिर्ता गर्ने सुनिश्चितता हुनुपर्ने बताए।

https://www.facebook.com/watch/?ref=embed_video&v=967405058722315