२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र राप्रपा भन्छन्: संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताउनुभएको छ । रोल…

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अफ्ठ्यारा महशुस गरिएको ठाउँमा उदारता देखाएर भएपनि विधेयक टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ । जतिपति अफ्ठ्यारा महशुस गरिएको छ, यसमा हाम्रो अलिकित व्यवहार, अनुभवबाट पनि हेर्नुपर्छ । यसमा संक्रमण कालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ । संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारतापना बिना सम्भव भएको छैन । सिमितता हुनु भएन ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताउनु भयो । उहाँले विधेयकलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहमतिबाट टुंगो लगाऔँ । प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ । किनभने हामीभित्र यतिमा पनि एउटा सहमति बन्न सकेन । यसलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु हुँदैन । किनभने पार्टीका सिद्धान्तहरु फरकफरक हुन्छन् । त्यस भन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ । टुंग्याऔँ ।’

सांसद प्रधानले अझै केही समय थप गरेर सहमतिबाटै विधेयक टुंग्याउनुपर्ने बताउनु भयो ।