२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतमा लगियो

रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतमा लगियो
अ अ+ अ-

काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बमजनलाई प्रहरीले सर्लाही जिल्ला अदालतमा लगेको छ । एसपी प्रवीण धितालका अनुसार बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगेको हो ।

बमजनमाथि सर्लाहीकी रीता बोटेलाई बेपत्ता बनाएको आरोप लागेको छ। सर्लाहीकी २९ वर्षीया बोटेलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले बमजनविरुद्ध किटानी जोहरी दिएकी थिइन् । बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार साँझ बूढानीलकण्ठ नगरपालिका–६ हात्तिगौँडास्थित उनको घरबाट पक्राउ गरेको थियो। लामो समयदेखि फरार रहेका बमजन फरार थिए ।

तपस्वीको भेषमा उनले विभिन्न आश्रममा आतंक मच्चाएको बताइएको छ । उनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो। प्रहरी घर पुग्दा उनले भाग्ने प्रयास गरेका थिए। तर सफल हुन सकेनन्। उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो। बुधबार नै हवार्इ माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो। तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्‍याइएको थियो।

आफूलाई ‘भगवान्’ भनी चिनाउने बमजन लामो समयदेखि तपस्वीको भेषमा सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुली लगायत विभिन्न जंगलभित्र आश्रम खोलेर बस्ने गर्थे। आश्रममा पुगेका अनुयायीहरूमाथि उनले यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या समेत गरेको आरोप लगाएको छ ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता भएका थिए।