७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव-झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुँदै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल तथा झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला आज सुरु हुदैछ । ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट दुई हजार  नेता तथा कार्यकर्ता सहभागी हुने जनाईएको छ ।

भेलाले पार्टीलाई कसरी अघि बढाउने, पछिल्लो समयमा देश  तथा पार्टीको अवस्था  र बनाउनु पर्ने रणनीतिमा बारेमा छलफल हुने जनाईएको छ। सो समुहले सर्वोच्च अदालतको फैसलाबाट पार्टी पुनःस्थापित भएकाले पार्टीका सबै तह पुनःस्थापित भएको कारण सबै तहलाई समानान्तर रुपमा क्रियाशिल बनाउने निर्णय यस अघि नै गरेको थियो ।

यता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र महासचिब ईश्वर पोखरेलले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने चेताबनी दिनु भएको छ । उता सचिब योगेश भट्टराईले आफूहरु कारबाही भोग्न लामबद्ध भएको जनाउदै धम्किको भाषा प्रयोग नगर्न चेतावनी दिनु भएको छ ।