१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

बीए.२ : ओमिक्रोन सब–भेरिएन्ट ५७ मुलुकमा फेला

बीए.२ : ओमिक्रोन सब–भेरिएन्ट ५७ मुलुकमा फेला
अ अ+ अ-

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अत्यधिक सङ्क्रामक ओमिक्रोन कोरोना भाइरस स्ट्रेनको भर्खरै पत्ता लागेको सबवेरिएन्ट अहिले ५७ मुलुकमा पत्ता लागेको बताएको छ ।

यसको साप्ताहिक एपिडेमियोलोजिकल अपडेटमा संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एजेन्सी डब्लुएचओले मङ्गलबार केही देशमा सब–भेरिएन्टे सबै ओमिक्रोन केसहरूको आधाभन्दा बढीका लागि जिम्मेवार रहेको बताएको छ।

डब्लुएचओले सब–भेरिएन्टहरु बीचको भिन्नताका बारेमा अझै थोरै थाहा भएको बताएको छ । यद्यपि बीए.२ जसलाई ‘स्टिल्थ भेरियन्ट’ पनि भनिन्छ, मूल उपवंशभन्दा बढी सङ्क्रामक भएको अध्ययनले बताएको छ ।

महामारी विशेषज्ञ तथा कोरोना भाइरस महामारीमा डब्लुएचओको प्राविधिक प्रमुख मारिया भान केरखोभले प्रारम्भिक तथ्याङ्कले ओमिक्रोन संस्करणको पहिलो संस्करण बीए.१ को तुलनामा बीए.२ मा वृद्धिदरमा थोरै वृद्धि भएको सङ्केत गरेको बताइन्।

उनले बीए.२ सब–भेरिएन्ट गम्भीरतामा परिवर्तन भएको कुनै सङ्केत नभएको बताइन् ।

अत्यधिक सङ्क्रामक ओमिक्रोन सामान्यतया डेल्टाजस्ता अघिल्लो संस्करणभन्दा कम गम्भीर रोगका लागि चिनिन्छ ।

डब्लुएचओले गत महिना सङ्कलन गरिएका कोरोना भाइरसका ९३ प्रतिशतभन्दा बढीका लागि जिम्मेबार मानिएको ओमिक्रोनका धेरै उप–वंशहरू बीए.१, बीए.१.१, बीए.२ र बीए.३ रहेको बताएको छ । 

बीए.१ र बीए.१.१ को रूपमा पहिचान गरिएका पहिलो संस्करणहरू अझै पनि GISAID मा पेश गरिएका सबै ओमिक्रोन मामिलाका ९६ प्रतिशतभन्दा बढीका लागि जिम्मेवार छन् ।

तर डब्लुएचओले युरोप र एसियाका केही भागमा बीए.१ भन्दा बीए.२ छिटो फैलिन थालेको बताएको छ। एजेन्सी