२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीए.२ : ओमिक्रोन सब–भेरिएन्ट ५७ मुलुकमा फेला



अ+ अ-

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अत्यधिक सङ्क्रामक ओमिक्रोन कोरोना भाइरस स्ट्रेनको भर्खरै पत्ता लागेको सबवेरिएन्ट अहिले ५७ मुलुकमा पत्ता लागेको बताएको छ ।

यसको साप्ताहिक एपिडेमियोलोजिकल अपडेटमा संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एजेन्सी डब्लुएचओले मङ्गलबार केही देशमा सब–भेरिएन्टे सबै ओमिक्रोन केसहरूको आधाभन्दा बढीका लागि जिम्मेवार रहेको बताएको छ।

डब्लुएचओले सब–भेरिएन्टहरु बीचको भिन्नताका बारेमा अझै थोरै थाहा भएको बताएको छ । यद्यपि बीए.२ जसलाई ‘स्टिल्थ भेरियन्ट’ पनि भनिन्छ, मूल उपवंशभन्दा बढी सङ्क्रामक भएको अध्ययनले बताएको छ ।

महामारी विशेषज्ञ तथा कोरोना भाइरस महामारीमा डब्लुएचओको प्राविधिक प्रमुख मारिया भान केरखोभले प्रारम्भिक तथ्याङ्कले ओमिक्रोन संस्करणको पहिलो संस्करण बीए.१ को तुलनामा बीए.२ मा वृद्धिदरमा थोरै वृद्धि भएको सङ्केत गरेको बताइन्।

उनले बीए.२ सब–भेरिएन्ट गम्भीरतामा परिवर्तन भएको कुनै सङ्केत नभएको बताइन् ।

अत्यधिक सङ्क्रामक ओमिक्रोन सामान्यतया डेल्टाजस्ता अघिल्लो संस्करणभन्दा कम गम्भीर रोगका लागि चिनिन्छ ।

डब्लुएचओले गत महिना सङ्कलन गरिएका कोरोना भाइरसका ९३ प्रतिशतभन्दा बढीका लागि जिम्मेबार मानिएको ओमिक्रोनका धेरै उप–वंशहरू बीए.१, बीए.१.१, बीए.२ र बीए.३ रहेको बताएको छ । 

बीए.१ र बीए.१.१ को रूपमा पहिचान गरिएका पहिलो संस्करणहरू अझै पनि GISAID मा पेश गरिएका सबै ओमिक्रोन मामिलाका ९६ प्रतिशतभन्दा बढीका लागि जिम्मेवार छन् ।

तर डब्लुएचओले युरोप र एसियाका केही भागमा बीए.१ भन्दा बीए.२ छिटो फैलिन थालेको बताएको छ। एजेन्सी