२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहरी विकासमन्त्री झाँक्रीद्वारा धोविखोला करिडोर क्षेत्र अनुमगन



अ+ अ-

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नु भएको छ । सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा जानु भएको हो ।

सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो । मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताउनु भयो । अव पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने उहाँले बताउनु भयो ।

उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर सो ऐन विपरित सडक अतिक्रमण गर्नेहरुलाई अव कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ । मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनु भयो ।

उहाँले  भन्नु भयो, ‘आज विदाकै दिन भएपनि उहाँहरुलाई सचेत गराऔं भनेर अनुगमनमा आएका छौं । अतिक्रमण नगर्नुस् भनेर माईकिङ गर्नेलगायतका काम गर्दै आएका छौं । तर उहाँहरुले मान्नु भएन र आज सचेत गराएका छौं । उहाँहरुलाई आफ्नो सामान निकाल्नुस् भनेका छौं । त्यसपछि पनि मान्नु भएन भने कानुन बमोजिम कारबाही पनि हुन्छ । अनुगमनत भईनै रहन्छ । किनभने उपत्यका विकास प्राधिकरणलाई अनुगमन गर्ने अथोरिटी पनि छ । आमी अनुगमन निरन्तर गर्छौं ।’

मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।