१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

खोटाङबजारमा आगलागी हुँदा पैँतालिस खसीबाख्रा मरे, २२ लाखभन्दा बढीको क्षति

खोटाङबजारमा आगलागी हुँदा पैँतालिस खसीबाख्रा मरे, २२ लाखभन्दा बढीको क्षति
symbolic picture
अ अ+ अ-

खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा एउटा घर र दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर मरेका छन् । खोटाङबजारको पुरानो गाउँस्थित तुलसीराम चौलागाईंको गोठबाट गएराति सुरु भएको आगोले ढुङ्गामाटोबाट बनेको दुईतले एउटा घर, दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर नष्ट भएको छ ।

गएराति करिब ८:१५ बजे सुरु भएको आगो राति १२ बजेमात्र नियन्त्रणमा लिन सफल भएको खोटाङ बजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको दुईतले घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीमा घरसँगै रु दुई लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको पीडित चौलागाईंले बताउनुभयो । “गोठमा पालिएको ४५ वटा खसीबाख्रा पनि आगोमा परेर मरे । स्थानीयवासी र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भए”, उहाँले भन्नुभयो, “भैँसीको अर्को पाडोे जलेर मरेको छ । करिब एक सय ५० मुरी त अन्न मात्रै जलेको छ ।”

घर जलेर नष्ट भएपछि चौलागाईंको पाँचजनाको परिवार छिमेकीको घरमा बसिरहेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताउनुभयो । “अहिले उहाँहरु छिमेकीको घरमा बसिरहनुभएको छ । घरमा एक बच्चामात्र भएको बेला अर्कैले आगो लगाइदिएछ”, उहाँले भन्नुभयो, “बुबाआमा बेँसी खेतबाट काम गरेर घर आइनपुग्दै आगो लगाइएको रहेछ ।
गाउँकै सबैभन्दा राम्रो किसानको हालसम्मको मेहनत जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि दमकल पनि लगियो तर सकिएन । त्यो समय गाउँमा प्राय: छोरा मान्छे सबै एउटा सिँचाइ योजनाका लागि गएका रहेछन् ।”

पीडित परिवारलाई तत्काल र दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भनेर विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो । “गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो, “तत्काल कसरी उहाँहरुको व्यवस्थापन गर्ने र दीर्घकालीन समस्या कसरी समाधान गर्ने भनेर हामी छलफल गर्छौं । विपद्मा परेका पीडित परिवारलाई सहयोग गर्न सबैले हातेमालो गर्न गाउँबासीसँग अपिल गरेका छौँ ।”

आगलागीबाट चौलागाईं परिवारको रु २२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । उहाँको घर तथा गोठमा कोही व्यक्तिले आगो लगाइदिएको हुनसक्ने आशङ्कामा एकजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो । रासस