५ मंसिर २०८१, बुधबार
,
Latest
२२ ग्रान्ड स्लाम च्याम्पियन नाडालले टेनिसबाट सन्यास लिए पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही २९ वर्षपछि श्रीमती सायरासँग अलग भए एआर रहमान सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन गाजा युद्धविरामका लागि अमेरिकी योजनाका विच राष्ट्रसङ्घ पुनः मतदानका पक्षमा दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार ‘काजु’ निर्विरोध, प्रचण्डले दिए बधाई उपचुनावमा माओवादीले खाता खोल्यो, जगत घर्ती निर्विरोध निर्वाचित कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीपैठारी गरेको आठ लाखको धान बरामद



अ+ अ-

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकबाट सशस्त्र प्रहरीले गएराति करिब रु आठ लाख मूल्य बराबरको धान बरामद गरेको छ ।

भारतका विभिन्न स्थानबाट चोरीपैठारी गरी ल्याएर नेपालमा फर्जी बिल बनाएर बेच्न लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल भिट्ठामोडबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले ६४ बोरा धान नियन्त्रणमा लिएको जनाइएको छ ।

मटिहानी नाकाबाट भित्र्याइएको धान प्रदेश २–०२–००१ त ०३३ नंको ट्र्याक्टरमा राखेर जनकपुर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रु सात लाख ६४ हजार मूल्य बराबरको धान र ट्र्याक्टर नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको धान र ट्र्याक्टर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वर (मलिबारा) मा बुझाएको छ । रासस