११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको धम्कीसँग नडराउनूस्, पद ठूलो कुरा होइन : नेतृ अष्टलक्ष्मी शाक्य



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)कि नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ । 

बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफ्नो गुटको भेलाबाट पार्टीको विधान विपरित आफु लगायतका पदाधिकारीहरुको जिम्मेवारी खोसेको भन्दै सो निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो । आफुहरुले नेकपा(एमाले)लाई बलियो र सुदृढ बनाउन चाहेको उहाँको भनाई छ । आफुहरुको भेलामा उपस्थिति हुनेलाई ओली पक्षले कारबाही गर्ने धम्की दिएको भन्दै नेतृ शाक्यले आफुहरुको केन्द्रीय कमिटीको भेला नेकपा(एमाले)को आधिकारिक भेला भएकोले कार्यकर्तालाई नआत्तिन निर्देशित सकेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘भेलामा जानेहरुलाई कोहीपनि भेलामा जान पाउँदैन । भेलामा जानेहरुलाई कारबाही गर्छौ भन्नुभएछ । त्यतिले मात्रै नपुगेर महासचिवद्धारा प्रेस विज्ञप्ती पनि जारी भएछ । म सबै उपस्थित कमरेडहरुलाई भन्न चाहान्छु, पार्टीले आयोजना गरेको भेलामा आउनको लागि कोही आत्तिनु पर्दैन । कोही डराउनु पर्दैन । यो गुटको भेला होइन । यो गुटको भेला होइन कमरेडहरु यो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भेला हो । केन्द्रीय कमिटीले आयोजना गरेको भेला हो । त्यसैले ढुक्क भएर बस्नुहोला । यो भेलामा महत्वपूर्ण सुझाव र विचारहरु दिनुहोला । हामी नेकपा(एमाले)लाई बलियो बनाउन चाहान्छौँ । सुदृढ बनाउन चाहान्छौँ । अझ एकिकृत बनाउन चाहान्छौँ । देशको आर्थिक सामाजिक रुपान्तरणको दिशामा नेतृत्व गर्न चाहान्छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न चाहान्छौँ । आज यो उदेश्य लिएर आउँदाखेरी के भेलामा आउन डराउनुपर्ने ? के त्यस्तो खालको हामीले धम्की सहनुपर्ने ? म घोर निन्दा गर्न चाहान्छु । त्यस्तो खालको धम्कीदेखि नडराउनु होला । म निन्दा गर्न चाहान्छु । कमरेड केपी ओलीजिलाई म अनुरोध गर्न चाहान्छु यो भेलाबाट तपाईले २८ गतेको निर्णय जुन गुटको भेला, विधान विपरितको भेला गरेर अध्यक्ष महासचिव मात्रै राखेर हामी सबै पदाधिकारीलाई हटाउने काम गुटको भेला बाट ग¥यो । के विधानसम्वत् छ ? त्यसो भएको हुनाले त्यो २८ गतेको गुटको भेलाबाट गरेको निर्णयलाई फिर्ता लिएर कमरेड अहिलेपनि समय छ यो भेलामा तपाई आइदिनुस् ।’

नेतृ शाक्यले केपी शर्मा ओली गुटको निर्णय सच्याएर आए आफुहरु खुला दिलले छलफल गर्न तयार रहेको बताउनुभयो । आफुहरु पार्टीलाई एकढिक्का बनाउन चाहेको पनि उहाँको भनाई छ ।