२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमर चन्द्रागिरीमा-फोटो फिचर

आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमर चन्द्रागिरीमा-फोटो फिचर
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमर आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुग्नुभएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनुभएका अध्यक्ष बट्टिमर आज अपरान्ह सभामुख देबराज घिमिरेका साथ चन्द्रागिरी पुग्नुभएको हो । अध्यक्ष जेरि बट्टिमरलाई चन्द्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारले स्वागत गर्नुभएको थियो । साथै तण्डुकारले अध्यक्ष बट्टिमरलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

चद्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार अध्यक्ष बट्टिमर खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित हुनुभएको थियो ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुग्नुभएको छ ।

केही साता अघि मात्र श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री चन्द्रागिरी पुग्नुभएको थियो । यसैगरी यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुग्नुभएको थियो । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गर्नुभएको थियो ।