२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातीको मुख हेर्न टुरिस्ट भिसामा जापान गएका विष्ट दम्पतीको जापानमै गयो ज्यान



अ+ अ-

काठमाडौँ । जापानमा कारको ठक्करबाट रुकुम पश्चिमका एक दम्पतीले ज्यान गुमाएका छन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ विमैचाका पदम विष्ट र उनकी श्रीमती लालसरी विष्टको शनिबार साँझ मा जापानको उरासो सहरमा निधन भएको हो ।

उक्त सहरको जियोवान सिटीमा जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला विष्ट दम्पतीलाई कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट अचेत अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । तर अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको हो ।

कार चालक ८० वर्षीय एक वृद्धालाई जापानस्थित उरासो प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

विष्ट दम्पती जापानमा बस्दै आएका छोरा बुहारी र नातीलाई भेट्न गत कात्तिकमा ३ महिनाको टुरिस्ट भिसामा जापान गएका थिए ।