२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निकायको निर्वाचनसम्बन्धमा केन्द्रीय सुरक्षा समितिको बैठक



अ+ अ-

काठमाडौँ । सरकारले स्थानीय निकायको निर्वाचनको तयारी सुरु गरेको छ । सोही सन्दर्भमा बुधबार गृह मन्त्रालयमा स्थानीय निकायको निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गरी केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडसमक्ष चारवटै सुरक्षा निकायका प्रमुखहरुले स्थानीय निकायको निर्वाचन र वर्तमान अवस्थाका बारेमा ब्रिफिङ गर्नुभएको थियो ।

निर्वाचन आयोगले सरकारसमक्ष आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न प्रस्ताव गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने समझदारी भएको थियो ।