५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा किचलो: कोशी प्रदेशमा सभामुख लिनु गलत , तत्काल फिर्ता हुनु पर्छ: नेता लोहनी



अ+ अ-

काठमाडौं । राप्रपाका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोशी प्रदेशको सभामुखमा उम्मेदबार दिने पार्टीको निर्णय गलत भएको भन्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिनु भएको छ ।

आज बसेको पार्टीको निर्देशक समितिको बैठकमा लोहनीले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समितिलाई निर्देशन गर्नुभएको हो ।

नेता लोहनीले न्युजपोलारसंग भन्नुभयो “पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदामा उम्मेदवारी दिने वा नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले संञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो । तर यस बिपरित आज कोशी प्रदेशमा सभामुखको लागि उम्मेदवारी दिनु भएको छ । अत निर्देशन समितिले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समितिलाई निर्देशन गर्दछ ।”

यसैबीच कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनु भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उहाँको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक जनाउनु भएको थियो ।