• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कर्णालीलाई हराएको गण्डकी सेमिफाइनलमा, एपिएफसँग भिड्ने



काठमाडौँ । गण्डकी प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई‌ ३–० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बनेर अन्तिम चारमा पुगेको हो ।

गण्डकीले कर्णालीलाई २५–२१,२५–२१ र २५–२१ ले हरायो । गण्डकीले ४ मध्ये ३ खेल‌ जित्दै ९ अंक जोडेको छ भने अपराजित रहेको समूहको “बी’ को विजेता त्रिभुवन आर्मी क्लबको १२ अंक छ ।

अब बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकीले समूह ‘ए’ को विजेता एपिएफको‌ सामना गर्नेछ। दोस्रो सेमिफाइनल नेपाल पुलिस क्लब र आर्मीबीच हुनेछ ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।