• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

रहेनन् जर्मन लिजेण्ड फुटबलर बेकनबाउर



काठमाडौँ । फुटबलका महान् खेलाडीमध्येका एक जर्मन लिजेण्ड फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनी १९७४ मा पश्चिम जर्मनीको कप्तान भएर विश्वकप जितेका थिए भने १९९० मा प्रशिक्षकको रुपमा फेरि ट्रफी उचालेका थिए ।

डिफेन्डर बेकनबाउरले जर्मन क्लब बायर्न म्युनिखको लागि ५८२ खेल खेलेका थिए । उनले बार्यनबाट पनि खेलाडी र प्रशिक्षकको रुपमा लिगको उपाधि जित्न सफल भएका थिए ।

१९७२ मा युरोपियन च्याम्पियनसिप जितेका उनी दुई पटक बालोन डि’ओर ट्रफी उचाल्न समेत सफल भए ।

उनको परिवारले जनाएका छन्, ‘यो गहिरो दुःखका साथ हामी घोषणा गर्दछौं कि मेरा श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकनबाउरको हिजो, आइतबार, शान्तपूर्वक निधन भएको छ ।’

पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका उनले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गरेका थिए र प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए ।

बायर्नबाट चार लिग उपाधि जितेका उनी १९८२ मा ह्याम्बर्गबाट समेत बुन्डेसलिगा जितेका थिए ।