१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान रामले ‘ननभेज’ खान्थे भनेपछि विवादमा फस्यो फिल्म ‘अन्नपूर्णी’



अ+ अ-

एजेन्सी । ‘जवान’ अभिनेत्री नयनताराको पछिल्लो फिल्म ‘अन्नपूर्णी’ विवादमा परेको छ । फिल्ममा केही यस्ता दृश्य देखाइएको छ, जसमा मानिसहरूले आपत्ति जनाउँदै यसलाई ‘हिन्दू विरोधी’ भनेका छन् । शिव सेनाका पूर्व नेताले पनि फिल्मविरुद्ध मुद्दा दायर गरेका छन् ।

२०२३ डिसेम्बर १ मा थिएटरहरूमा रिलिज भएको अन्नपूर्णी हालै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । यो चलचित्र हाल नेटफ्लिक्सको शीर्ष १० चार्टमा ट्रेन्डिङमा छ । यसैबीच फिल्मलाई लिएर विवाद भइरहेको छ ।

शिवसेनाका पूर्व नेता रमेश सोलंकीले नयनतारा स्टारर फिल्म ‘अन्नपूर्णी’का निर्माताविरुद्ध उजुरी दिएका छन् । रमेशले माइक्रोब्लगिङ साइट एक्स (ट्विटर)मा मुद्दा दर्ता भएको जनाउँदै पोस्ट सेयर गरेर आक्रोश व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले हिन्दू विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दर्ता गरेको छु । एकातिर सारा विश्व भगवान श्री राम मन्दिरको अभिषेकमा रमाइलो गरिरहेको बेला नेटफ्लिक्समा जी स्टुडियो, नाद स्टुडियो र ट्राइडेन्ट आर्ट्स द्वारा निर्मित हिन्दू विरोधी फिल्म अन्नपूर्णी रिलिज भएको छ ।’

रमेश सोलंकीले थप ट्वीट गर्दै लेखेका छन्,ू ‘१. हिन्दू पुजारीकी छोरीले बिरयानी बनाउन नमाज पढिन् । २. यो फिल्ममा लभ जिहादको प्रचार गरियो । ३. फरहान (अभिनेता)ले अभिनेत्रीलाई भगवान् श्रीरामले पनि मासु खान्थे भन्दै मासु खान उत्प्रेरित गरे । नेटफ्लिक्स र जी स्टुडियोले जानाजानी हिन्दू भावनामा चोट पुर्याउन प्राणप्रतिष्ठाको वरिपरि यो फिल्म बनाए र रिलिज गरेका हुन् ।’

नीलेश कृष्णले निर्देशन गरेको ‘अन्नपूर्णी’ मा नयनताराले अन्नपूर्णीको भूमिका निभाएकी छिन् । अन्नपूर्णी एक केटी हुन् जो एक पुजारीकी छोरी हुन् र बाल्यकालदेखि नै शेफ बन्न चाहन्छिन् । जब अन्नपूर्णी आफ्नो परिवारको विरुद्धमा जान्छिन् र शेफ बन्न प्रशिक्षण लिन्छिन् । फिल्मको एक दृश्यमा तालिमको क्रममा अन्नपूर्णी भान्साको काम पूरा गर्न नसकेर बेहोस भइन् भन्ने देखाइएको छ ।

त्यसपछि उनका साथी फरहान (जय)ले उनलाई रामायणको उदाहरण दिन्छन् । फरहान भन्छन्, ‘रामायणमा वाल्मीकिले भनेका छन् कि जब भगवान राम, सीता र लक्ष्मण जङ्गलमा भोकाएका थिए, तब उनीहरूले जनावरहरूलाई मारेर खाएका थिए । रामायणमा उनीहरूले ननभेज खान्थे भन्ने पनि लेखिएको छ ।’ यसपछि अन्नपूर्णीले कुखुरा काट्छिन् र राम्रो शेफ बन्न ननभेज खान थाल्छिन् ।