२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति अबेर निर्णय भयो, कसरी भयो थाहा छैन: नेता सिटौला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसलै राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राति अबेर निर्णय भयो कसरी भयो थाहा छैन, मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली काँग्रेससहित गठबन्धनका साथीहरुले एकजुट भइ उम्मेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उम्मेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नेछौँ ।’

सिटौलाको प्रश्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।




भर्खरै