७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद



सांकेतिक तस्बिर
अ+ अ-

गलकोट । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।

पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्ता गरेको थियो ।