१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेल इण्डियन आइडलको अन्तिम ११ मा प्रवेश, गाउँदा गाउँदै लिरिक्स भुलेपछि…



अ+ अ-

काठमाडौँ । नेपालकी मेनुका पौडेल आफ्नो गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा चर्चित छन् । उनी इण्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छन् । आइतबार रातिको एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिँदा मेनुका भने अन्तिम ११ मा प्रवेश गरेकी हुन् ।

‘बटम चार’मा रहेकी उनी बाँकी तीन जनाभन्दा बढी भोट ल्याएर सुरुमै सुरक्षित भइन् । यद्यपि, ‘बटम चार’मा पर्नुले भोटको कमी छ भन्ने जनाउँछ ।

उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाइन् । एक गीत गाउँदा उनले लिरिक्सै नै बिर्सिन पुगिन् । गाउँदै गर्दा उनको हार्ट बिट बढेपछि म्युजिक बन्द गरियो । उनलाई पानी पिउन दिइयो ।

मेनुकालाई सान्त्वना दिन बलिउड अभिनेता सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगेका थिए । स्टेजको छेउमा लगेर चिकित्सकले मेनुकाको रक्तचाप जाँचे । डाक्टरद्वारा प्रस्तुतिलाई निरन्तर राख्न सुझावपछि कार्यक्रम अगाडि बढाइयो । त्यसपछि मेनुकाले गीत पुरा गरिन् ।

 

 




भर्खरै