२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेल इण्डियन आइडलको अन्तिम ११ मा प्रवेश, गाउँदा गाउँदै लिरिक्स भुलेपछि…



अ+ अ-

काठमाडौँ । नेपालकी मेनुका पौडेल आफ्नो गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा चर्चित छन् । उनी इण्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छन् । आइतबार रातिको एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिँदा मेनुका भने अन्तिम ११ मा प्रवेश गरेकी हुन् ।

‘बटम चार’मा रहेकी उनी बाँकी तीन जनाभन्दा बढी भोट ल्याएर सुरुमै सुरक्षित भइन् । यद्यपि, ‘बटम चार’मा पर्नुले भोटको कमी छ भन्ने जनाउँछ ।

उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाइन् । एक गीत गाउँदा उनले लिरिक्सै नै बिर्सिन पुगिन् । गाउँदै गर्दा उनको हार्ट बिट बढेपछि म्युजिक बन्द गरियो । उनलाई पानी पिउन दिइयो ।

मेनुकालाई सान्त्वना दिन बलिउड अभिनेता सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगेका थिए । स्टेजको छेउमा लगेर चिकित्सकले मेनुकाको रक्तचाप जाँचे । डाक्टरद्वारा प्रस्तुतिलाई निरन्तर राख्न सुझावपछि कार्यक्रम अगाडि बढाइयो । त्यसपछि मेनुकाले गीत पुरा गरिन् ।