काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य वृद्धि आएको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो ।
हिजो (बुधबार) तोलामा रु ८६ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहीबार) तोलाको रु ३ सयले बढेर ८७ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य तोलामा रु ८६ हजार ७ सय ५० कायम रहेको महासंघले जनाएको हो । यता चाँदी भने तोलामा रु १२९० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।








