७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाल–नेपाल पक्षप्रति बाँस्कोटाको व्यङ्ग्यः ‘गन्तव्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो’



अ+ अ-

काठमाडौं । नेकपा एमाले (ओली पक्ष) का केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल र झलनाथ खनाल पक्षबारे व्यङ्ग्य प्रहार गरेका छन् । उनले एमालेको खेतबारीमा नुन छर्न हिडेकाहरुले खेलिरहेको खेल चेस नभएर लुँडो खेल खेलिरहेको भन्दै व्यङ्ग्य प्रहार गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाप्रति संकेत गर्दै उनले 'गन्तव्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो।' पनि भनेका छन् । 

गोकुल बाँस्कोटाले यस्तो लेखेका छन्:

‘एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरुले खेलिरहेको खेल चेस हैन लुँडो हो,’ बिहीबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो। हाम्रो त सुझाव हो के रेरु नमाने पनि केही छैन।’