११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय बैठक सकियो, ११८ सांसद उपस्थित, बोर्डमा नेपाल र खनाल पनि



अ+ अ-

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल सहित २७ सदस्य रहेको संसदीय बोर्ड गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक  बोर्डका अध्यक्षमा प्रधानमन्त्री केपी ओली सहित नेता नेपाल खनाल सहित लगायतका सांसदलाई समेटिएको छ । बोर्डका सदस्यहरुमा उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक,सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहनु भएको छ ।  

आजको बैठकमा प्रतिनिधिसभाका ९४ र राष्ट्रिय सभाका २४ जना सांसद उपस्थित रहेको सांसद सूर्य पाठकले न्यूजपोलारलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार अब शनिबार बस्ने बैठकमा लगभग सबै सासदहरु उपस्थित हुने छन् ।

आजको बैठकमा सांसदहरु नेपाल–खनाल पक्षमा रहेका सांसदहरु जान खोजे पनि शीर्ष नेताहरुले अर्को बैठकमा जाउला भन्दै रोकेको र शनिबारको बैठकमा उपस्थित हुने हेरिटेज गार्डेनमा रहेका एक सांसदले जानकारी दिनुभयो ।