१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य निर्वाचन: चार दलबीच सिट बाँडफाँटबारे सहमती



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे सहमती भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहेका रहनु भएको छ ।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।