२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

संसारकै लामो पुलको परिचय दिने अभियान

संसारकै लामो पुलको परिचय दिने अभियान
अ अ+ अ-

बागलुङ । कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँगा जोडिएको पाङ गाउँलाई जोडेकाले यो पुलको आफ्नै महत्व छ । ‘सिङ्गल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दाबी प्रस्तुत गरेको बागलुङ नगरपालिकाले यो पुललाई आफ्नै परिचय दिने अभियान पनि शुरु गरेको छ । पुलको बागलुङतर्फ नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बाङ्गेचौर रङगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिशहरूको गाउँ पाङलगायत महत्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्व निकै फराकिलो छ ।

पुललाई लामो पुलको रुपममा मात्रै परिचित गराउनुभन्दा आफ्नै नाम दिएर पर्यटन प्रबद्र्धनमा योगदान दिन नगरपालिकाले प्रक्रिया थालेको हो । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बागलुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ । लामो झोलुङ्गे पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट आर्थिक सांकृतिक र अन्तर्राष्ट्रिय महत्व झल्कने हिसाबले उपयुक्त तीन नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई रु २५ हजार पुरस्कार दिइने नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
 
सिफारिस समितिका संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहनुभएको छ । समितिको सदस्यमा सह–प्रध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी रहनुभएको छ । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौं नाम प्राप्त भएका छन् ।

ती नामबाट छनोट समितिले तीन नाम नगरपालिकालाई सिफारिस गर्ने छ । एउटा उत्कृष्ट नाम नगरपालिकाले छनोट गरेर पुलको नामाकरण गर्ने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । पुलको नामकरण पश्चात् बागलुङको प्रचार र पर्यटनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटन पश्चात् आन्तरिक पर्यटकको रोजाइँमापर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ । पुलबाट देखिने हिम शृङ्खला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले शहरीया जनजीवनमा आत्तिएका आन्तरिक पर्यटकलाई भुलाउने गरेको छ ।

भित्री सडकमा पक्की नाली

गलकोट नगरपालिका ३ हटियाको पुरानो बजारमा पक्की नाली निर्माण गरिएको छ । बजार क्षेत्रको सरसफाइका लागि नाली निर्माण गरिएको हो । नाली अभावमा वर्षात्मा हिलाम्मे हुने तथा पानीको पोखरी जम्ने समस्या थियो । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय बागलुङको रु ६० लाखको लगानीमा ४०० मिटर नाली बनाइएको हो । दुई वर्ष अघिदेखि यहाँको पुरानो बजारमा नाली निर्माण थालिएको थियो । डिभिजनको लगानीमा बनेको नाली चालू आर्थिक वर्षमा सकिने बजार व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दसिंह भण्डारीले बताउनुभयो ।

“नाली अभावले धेरै समस्या थियो, अब भित्रि गल्ली कालोपत्र गर्नका लागि पनि सहज बन्दै गएको छ” भण्डारीले भन्नुभयो, “गलकोट नगरपालिकाले चालू वर्षनै यहाँ सडक कालोपत्र र ढलानको योजना बनाएको छ ।” नगरप्रमुख भरत शर्मा गैरेले केही दिनमा पक्की नालीको काम सम्पन्न भएपछि सडक पक्की गर्ने काम थालिने बताउनुभयो ।

पक्की सडक अभावमा खाल्डाखुल्डीले पुरानो बजारमा सवारी गुड्न पनि समस्या थियो । पक्की सडक बनेपछि भने सहज बन्ने उपभोक्ताले बताएका छन् । चालू वर्ष रु एक करोडको लागतमा झण्डै एक किमी सडक ढलान गरिने योजना रहेको गैरेले बताउनुभयो, “हामीले रु ७० लाख विनियोजन गरेका छौँ, त्यसमा ३० प्रतिशत उपभोक्ताले श्रमदान वा अन्य लगानी गर्नुपर्छ” गैरेले भन्नुभयोे, “लोकतन्त्रचोकदेखि श्रेष्ठ चोकहुँदै राजमार्ग चोकसम्मको काम चालू आर्थिक वर्ष सकिनेछ ।” यो सडक बनेपछि हटिया बजारमा दोहोरो सडक हुनेछ । मुख्य राजमार्गमा ठूला सवारीसाधन चले पनि भित्रि सडकमा जीप र अन्य साना सवारीसाधन चल्न सक्नेछन् ।

पक्की सडक अभावमा पुरानो बजारमा व्यवसाय चल्न छाडेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । गलकोटकै गौंँदीखोलामा पक्की पुल बनेपछि हरिचौरतर्फ जाने सडकको विस्तार र मर्मत पनि गरिँदै छ । पुल निर्माण गरेको ठेकेदार कम्पनीले केही अप्ठ्यारो खण्डमा पक्की पर्खाल लगाएर सडक निर्माण गरेको हो । यो सडक चौडा पार्ने तयारी भएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर नारायण पौडेलले बताउनुभयो । यो सडक चौडा भएमा हरिचौर हुँदै ताराखोला जाने सडक पनि व्यवस्थित हुनेछ । गण्डकी प्रदेश सरकारको बजेटमा यो पुलदेखि शुरु भएर ताराखोलासम्म पक्की सडक निर्माणसमेत थालिएको छ । 

गलकोट नगरपालिकाभित्र फोहरको व्यवस्थापन नभएकाले नाली भने स्थानीय खोलामा मिसाइएको छ । “शौचालयको फोहर नभएकाले नालीको पानी मात्रै खोलामा पुगेको हो”, भण्डारीले भन्नुभयोे, “व्यवस्थित फोहर व्यवस्थापनका लागि भने नगरपालिकाले थप योजना ल्याउनुपर्छ ।” बजारको फोहर व्यवस्थापनका लागि नगरपालिकाले स्थानको खोजी गरिरहेको छ ।

स्थान भेटिएपछि दिगो व्यवस्थापनको ‘डम्पिङ’ बनाउने योजना गैरेले सुनाउनुभयो । केही वर्षदेखि चासो राखेर पनि जग्गा छनोटमा समस्या परेको उहाँले बताउनुभयो । गलकोट नगरपालिकाले सम्भावित स्थानको खोजी गरेर खरीद गर्ने योजना पनि बनाएको छ । कतिपयले फोहर व्यवस्थापनको लागि भनेर जग्गा नदिँदा ढिला भएको वडा नं ३ का अध्यक्ष वीरजङग भण्डारीले बताउनुभयो । 
 
वीरशाली पन्त साहित्य पुरस्कार कोष

बागलुङमा कला साहित्य र संस्कृतिको क्षेत्रमा योगदान गर्नेलाई पुरस्कृत गर्न अक्षयकोष स्थपाना भएको छ । बागलुङ नगरपालिकाले ‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना गरेको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत नगरले रु पाँच लाखको कोष स्थापना गरेको हो । बागलुङका पुराना साहित्यकार वीरशाली पन्तको स्मृतिमा हरेक वर्ष कला साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउनेलाई कोषबाट प्राप्त ब्याज रकमले पुरस्कृत गरिने छ ।

“साहित्यको क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति छ”, चालू वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख जनकराज पौडेलले भन्नुभयो, “पुराना श्रष्टाको सम्मान र नयाँ श्रष्टालाई प्रोत्साहन गर्नु हाम्रो दायित्व हो ।” नगरपालिकाले कोषबाट पुरस्कृत हुने साहित्यकार छनोटका लागि साहित्यकार प्रेम छोटा संयोजक रहेको सात सदस्यीय सिफारिस समिति बनाएको छ । समितिको सिफारिसमा नगरले कार्यपालिकाको निर्णयअनुसार नगरसभामा पुरस्कार वितरण गर्ने कार्यविधि बनाइएको छ । 

सिफारिस समितिमा महेशचन्द्र प्रधान, काजीगाउँले श्रेष्ठ, हरिप्रसाद पाण्डे र गोविन्द गौतम सदस्य रहनुभएकोे छ । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख र पन्त समाज बागलुङका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । बागलुङ नगरपालिकाले सम्झिएका वीरशाली पन्त हाल बागलुङ नगरपालिका–७ मा जन्मिएर नेपाली साहित्यको क्षेत्रमा उदाएका कवि हुनुहुन्छ । उहाँलाई धेरैले आदिकविको उपमा समेत दिने गरेका छन् ।