८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा

जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
अ अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।

यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो ।

“विश्लेषणले सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेट पहिलेको अवधिमा रेकर्ड नगरिएको देखाएको छ,” यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिीक अनुसन्धानले विमान अवतरणमा मद्दत गर्ने वा ‘ब्लाइन्ड ल्यान्डिङ’मा प्रयोग हुने रेडियो ट्रान्समिटर ९लोकलाइजर० दुर्घटनाको गम्भीरता बढाउनको लागि दोषी ठहराएको छ ।

क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरलाई दक्षिण कोरियाली अधिकारीहरूले डाटा निष्कर्षको लागि अप्राप्य भनेका थिए भने यसलाई अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा विश्लेषणको लागि संयुक्त राज्य अमेरिका पठाएका थिए ।

उडानको अन्तिम क्षणहरूको जानकारी रेकर्ड गर्ने बक्सहरूमा तथ्याङ्क नष्ट भएको पाइएको र यो किन र कसरी भयो भन्ने बिषय खोजी भइरहेको अधिकारीहरूले बताए ।

“जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्याङ्क हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ,” मन्त्रालयले भनेको छ।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानकर्ताहरूले ती बाकसहरू अनुसन्धानका लागि महत्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताए ।

“विभिन्न तथ्याङ्कको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ । दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ,ू मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा औंल्याएका छन् ।

चालकले पहिलो अवतरण प्रयासअघि नै चराको आक्रमण ९चरासँग ठक्कर० खानसक्ने चेतावनी दिएका थिए, त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन ।

यसै हप्ता प्रमुख अनुसन्धानकर्ता ली सेउङ–योलले पत्रकारहरूसँग कुरा गर्दै घटनास्थलमा रहेको विमानकोे एउटा इन्जिनमा ‘प्वाँख हरू फेला परेको’ बताएका थिए।

अधिकारीहरूले दुर्घटना भएको स्थानमा रहेको मुआन विमानस्थल, दक्षिणपश्चिमी शहरमा रहेको क्षेत्रीय उड्डयन कार्यालय र राजधानी सियोलस्थित जेजु एयरको कार्यालयमा छापा मारेका छन्।

उनीहरुले जेजु एयरका प्रमुख कार्यकारीलाई पनि देश छोडी बाहिर जान रोक लगाएका छन् ।

विपक्षी दलले दुर्घटनाको छानबिनका लागि संयुक्त कार्यदल गठन गरेका थिए भने यातायातमन्त्री पार्क साङ–वूले यसै साता राजीनामा दिनुभएको थियो ।

राजीनामाको घोषणा गर्दै उहाँले भन्नुभएको थियो, “उड्डयन सुरक्षाको जिम्मेवारीमा रहेको मन्त्रीको हैसियतले मैले यस त्रासदीप्रति ठूलो जिम्मेवारी महसुस गरेको छु र स्वतन्त्र अनुसन्धानका लागि मार्गप्रशस्त गरेको छु ।”