१३ माघ २०८१, आईतवार
,
Latest
टिप्परको ठक्करबाट एकको मृत्यु ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’ सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको तेस्रो दिनको बहस सुरु एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा संसद अधिवेशनको तयारीबारे प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख तिलकको अर्धशतकसँगै भारतले इंग्ल्याण्डलाई हरायो रास्वपाको सचिवालय बैठक बस्दै अर्थतन्त्र चलायमान बनाउन अध्यादेश: अर्थमन्त्री पौडेल बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण



अ+ अ-

मङ्गलबारे । राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ । जिल्लाको रणशार्दूल गण गढीथुम्का ब्यारेक हातामा नवनिर्मित शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो ।

सालिकको २१ नं बाहिनी अड्डाका बाहिनीपती सहायक रथी युवधिरमानसिंह अधिकारी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इतिहासविद् युद्धप्रसाद वैद्य र रणशार्दूल गणका गणपति प्रह्लाद घलेले संयुक्त रूपमा उक्त सालिक अनावरण गर्नुभयो । सोही गणका कार्यरत जमदार कुलमान सोतीमगरले सालिक निर्माण गर्नुभएको हो ।

जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीसहित तीन सय ५० बढीको समूह इलाम चोकबजारमा भेला भई बजारस्थित माईस्थान मन्दिर–भ्यू टावर हुँदै गढीथुम्का ब्यारेकमा पुगेर सालिक अनावरण भएको थियो ।

कार्यक्रममा जिल्लाका इतिहासविद् वैद्यसहित अन्य वक्ताले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । निसान पदमार्गमा सहयोग पुर्‍याएको भन्दै उहाँलाई सम्मान गरिएको थियो । रासस