४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण, ७ हजार ५५५ निको



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८२ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना संक्रमित निको भएका छन् ।बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या १२ रहेको छ ।