२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारको तर्फबाट दिइने अनुदानमा कम्युनिस्ट नेताहरुको द्वैध चरित्र देखियो: कांग्रेस नेता निधि



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले भारत सरकारको तर्फबाट दिइने अनुदान परियोजनाहरूका सन्दर्भमा नेपालका कम्युनिस्ट पार्टीका नेताहरुले द्वैध चरित्र देखाएको टिप्पणी गर्नुभएको छ ।

निधिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै पहिलेदेखि नै सञ्चालित र अहिले रकम बढेर आएका यस्ता परियोजना सकारात्मक रहेको भन्दै मनमौजी ढंगले सम्झौता भएको भन्नु आधारहीन रहेको बताउनु भयो ।

उहाँले यस्ता अनुदानबाट नेपालका कम्युनिस्ट पार्टीका नेताहरू र सबै पार्टीका नेताका साथै समाजका विभिन्न क्षेत्रका अगुवाले पनि आ आफ्नो प्रभाव क्षेत्रमा विद्यालय,पुल र क्याम्पस भवनहरू निर्माण गराएको पनि दाबी गर्नुभयो ।

बिज्ञप्तिको पूर्णपाठ

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय बिदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौंमा बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गर्दछु । यसले नेपाल–भारतबीच रहि आएको बिशिष्ट सम्बन्ध (युनिक रिलेसन) लाई थप बल पुर्याएको मेरो बिश्वास छ ।

सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सहमति अनुसार अब भारतले २० करोड रुपैयाँसम्मको अनुदान दिन सक्ने भएको छ । जुन सकारात्मक कुरा हो । अनुदानमा आधारित यस्ता परियोजनाहरु धेरै पहिललेदेखि नै संचालित रहेको छ । २ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिदै आइरहेको थियो । यस्तो परियोजना छनौट र स्वीकृतिका लागि शुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला मन्त्रालय र अर्थमन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहदै आएको छ । यस पटकको संझौतामा ५ करोडबाट बढाएर २० करोड पुर्याएको मात्र हो । त्यसकारण भारत सरकारले मनमौजी ढंगबाट गर्ने सम्झौता भएको भन्नु आधारहिन र झुठो कुरा हो ।

भारत सरकारबाट प्राप्त हुने त्यस्तो अनुदानबाट नेपालका कम्युनिष्ट पार्टीका नेताहरु, सबै पार्टीका नेताहरु र समाजका बिभिन्न क्षेत्रका अगुवाहरुले पनि आ आफ्नो प्रभाव क्षेत्रमा खासगरी स्कुल, क्याम्पस भवन र पुल निर्माण गर्ने गरेका छन् । र भवन सिलान्यास तथा उद्घाटन भारतीय राजदूत वा अधिकारीबाट गराउँदै आएका र आफू पनि सहभागी हुँदै आएका छन् । अहिले आएर त्यसको बिरोध गर्नु द्धेध चरित्र प्रदर्शन गर्नुमात्र हो । नेपालको विकासमा भारत सरकारको यस किसिमको सदासयताको म समर्थन गर्दछु ।

दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौता अनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने भएको छ । यसबाट नेपालमा उत्पादित विजुलीको बजार सुनिश्चित हुनुका साथै नेपाललाई बार्षिक १० खर्ब हाराहारी आम्दानी हुनेछ । जसले भारतसंगको बढ्दो ब्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका निर्बाह गर्नेछ ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको न्याशनल थर्मल पावर कर्पोरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्ने सहमति भएको छ । यसबाट जलवायु परिबर्तनको क्षेत्रमा भारत नेपाल बीच सहयोग अभिबृद्धिमा मद्धत पुग्नेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डिया (एनएसआईएल)बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवा सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । यसबाट स्याटलाईमा नेपालले अरुको भर पर्नु पर्ने अवस्थाको अन्त्य हुने बिश्वास छ ।

यी सहमतिका साथै भारतीय सहयोगमा निर्मित त्रिवि केन्द्रीय पुस्तकालय भवनको मन्त्री साउद र विदेशमन्त्री जयशंकरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । पुस्तकालयबाट प्राध्यापक, विद्यार्थी र अनुसन्धानकर्ताहरु लाभान्वित हुने र त्यसले समग्र शैक्षिक विकासमा सहयोग पुग्ने मेरो बिश्वास छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) संगको बैठकमा भारत सरकार र भारतीय क्रिकेट बोर्डको तर्फबाट बिदेशमन्त्री जयशंकरद्धार नेपालमा क्रिकेटको विकासका लागि भारतको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसको प्रशंसा गर्दछु । साथै, यो सहयोग नेपालको क्रिकेट खेलमा कोशेढुंगा हुने बिश्वास लिएको छु ।
धार्मिक, सांस्कृतिक पर्यटन विकासका लागि अत्यावश्यक रहेको जनकपुरधाम र भारतको अयोध्याबीचको हवाई सेवा तत्काल संचालन गर्न दुई देशका बीच आवश्यक सम्झौता र समझदारीका लागि पहल हुने बिश्वास लिएको छु ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिगतमा भएको जनकपुर भ्रमणका बेलामा सय करोड रुपैंया अनुदान दिने घोषणा भएको रकमका लागि अहिलेसम्म परियोजना बनेको छैन । जनकपुरमा रामजानकी अन्तर्राष्टिय रंगशालाका लागि प्राप्त भइसकेको जग्गामा सो रकम लगानी गरी निर्माण कार्यका लागि तत्कालै दुई देशबीच समझदारी कायम गर्न नेपाल सरकारसंग अनुरोध गर्दछु ।

धनुषा जिल्लाको नेपाल भारत सीमाबर्ती क्षेत्रमा जमुनी नदीको जटहीमा, जमुनी नदीको थली घाटमा र जमुनी नदीको अक्रहरघाटमा नेपाल सरकारबाट शिलान्यास भएर पनि बर्षौंदेखि निर्माण कार्य रोकिएका पुलहरुबारे पनि नेपाल र भारतबीच आवश्यक सहमति र समझदारी गरी तत्कालै निर्माण कार्यको अग्रसरता लिन नेपाल सरकारसंग आग्रह गर्दछु ।

विमलेन्द्र निधि
केन्द्रीय सदस्य, नेपाली कांग्रेस