१७ श्रावण २०८३, आईतवार
,
Latest
प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरहथवा घटना: छानबिनका लागि तीन सदस्यीय समिति गठन



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले बरहथवा घटनाको छानबिनका लागि तीन सदस्यीय समिति बनाएको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहनु भएको छ ।

शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिनका लागि समिति बनाउने निर्णय गृह मन्त्रालयले गरेको जानकारी गराउनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा शुक्रवार सर्लाहीको बरहथवा नगरपालिका–५ मा गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।