७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : महामन्त्री कोइराला



file
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले एक हप्ता भित्रै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । 

बिहीवार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउदै नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने दावी गरेका हुन् ।

‘हामी छलफलमै छौं । एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौं’, कोइरालाले भने ।

महामन्त्री कोइरालाले कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने दावी गरेका हुन् । प्रधानमन्त्री ओलीसंग कांग्रेसले राजनीतिक सहकार्य गर्ने कुनै सम्भावना नरहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर राजनीतिक निकास दिनुपर्ने कोइरालाले बताए ।